3 years ago
June 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टिका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजो छैटौं राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।

टिका भैरवले ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै उपाधिमाथि कब्जा जमाएको हो । गोदावरी नगरपालिका वडा ६ स्थित टिका भैरव मन्दिरको प्राङ्गणमा भएको प्रतियोगितामा १ स्वर्ण र २ रजतसाथ ठेचो डोजो दोश्रो भयो । तेश्रो स्थानको केन्द्र डोजोले १ स्वर्ण र १ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा आयोजक टिकाभैरवका अर्जुन नगरकोटी तथा महिलामा केन्द्रकी अन्सु राई उत्कृष्ट खेलाडी घोषित भए ।
पुरुष ३० केजीमा विश्वास मार्फा तामाङ, ३५ केजीमा निरोज नगरकोटी, ५० केजीमा राजेश नगरकोटी, ६० केजीमा अजय तामाङ र खुला तौलसमूहमा अर्जुन नगरकोटीले टिका भैरवलाई स्वर्ण दिलाए । पुरुष ४० केजीमा ठेचोका आशिष घिमिरे तथा महिला खुला तौलसमूहमा केन्द्रकी अन्शु राईले स्वर्ण चुमे ।
विजेतालाई बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, ललितपुर जिल्ला नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङ, १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा ललितपुर उसु टिमले प्रदर्शनी खेल प्रस्तुत गरेको थियो भने स्थानिय कलाकारले नृत्य प्रदर्शन गरेका थिए । दुईदिने प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्पर्धामा १ सय ५० खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]