3 years ago
June 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको आयोजनमा भएको ११औं एनएसए कप पौडी प्रतियोगिताको दोश्रो दिन थप चार किर्तिमान कायम भएका छन् । दोश्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टाइलमा दुइ किर्तिमान कायम गरेका हुन् ।

५० मिटर फ्रि स्टाइलमा एलेक्सले विहान हिट चरणमा आफ्नै नाममा रहेको २४.९७ सेकेन्ड समयमा सुधार गर्दै २४.१२ सेकेन्डमा दुरी पुरा गरेका थिए । उनले फाइनलमा पुनः त्यस समयमा सुधार गर्दै २३.९७ सेकेन्डको नयाँ किर्तिमान कायम गरे ।
यस्तै १०० मिटरमा एलेक्सले आफ्नो नाममा रहेको ५३.४१ सेकेन्ड समयमा सुधार गर्दै ५२.९६ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन् । यसै गरि १०० मिटर ब्रेष्ट स्ट्रोकामा विकास कुमालले शुभम श्रेष्ठको नाममा रहेको १ मिनेट १०.५९ सेकेन्डलाई विस्थापित गर्दै १ मिनेट १०.१४ सेकेन्ड समयलाई आफ्नो नाममा लेखाए ।
कुमालले हिजो पहिलो दिन दुई किर्तिमान कायम गरेका थिए । यस्तै अर्को किर्तिमान नाजिर हुसेनको नाममा रह्यो । आफ्नै नाममा रहकेको ४ मिनेट १२.२३ सेकेन्ड समयमा सुधार गर्दै ४ मिनेट १२.१७ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरे ।
प्रतियोगितामा यु १० तर्फ पुरुषमा मायोन श्रेष्ठ र महिला तर्फ सिसोमबुम राई, ११-१२ तर्फ कल्किन श्रेष्ठ र रोयल प्रजापती, १३-१४ तर्फ अजल काजी ताम्राकार र मेगन गुरुङ्ग, १५-१७ तर्फ अल्भिन महर्जन र रोशा न्यौपाने र खुला तर्फ एलेक्जेन्डर गादेगाद शाह र महिलातर्फ गौरिका सिंह र दुवाना लामा संयुक्त रुपमा उत्कृष्ट खेलाडी घोषित भए । गौरिका र दुवानाको समान अंक भए पश्चात दुवैलाई उत्कृष्ट घोषित गरिएको थियो ।
प्रतियोगितामा निशर्ग बाटिका स्कुल १२३ अंकका साथ प्रथम भयो । दोश्रो स्थानमा स्वस्ती श्री गुरुकुल ९८ अंक र तेश्रो स्थानमा लिंकन ५४ अंकका साथ रह्यो ।
विजयी खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले मेडल ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।
उमेर समूहका उत्कृष्ट खेलाडीहरुले नगद ३ हजार र खुला तर्फका खेलाडीले नगद १० हजार प्राप्त गरे । यस्तै किर्तिमान राख्ने खेलाडीहरुले प्रत्येक किर्तिमान बापत ५ हजार नगद प्राप्त गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]