3 years ago
June 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड र ग्राम शिक्षा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनल्यान्डले आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) ‘ए’ लाई ४९–३१ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा आशुतोष केसीले १० अंक योगदान गरे ।
छवि भोटेको १० अंक सहयोगमा ग्राम शिक्षाले सेवा सदनलाई २८–१८ ले हरायो । यससंगै सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । प्रिक्वाटरफाइनलमा ग्रिनल्यान्डको भेट हिमालयन किङडमसंग हुनेछ भने ग्राम शिक्षाले बूढानीलकण्ठको सामना गर्ने छ ।
अन्य प्रिक्वाटरफाइनल युनिभर्सिटी र एचएचसीए, गोल्डेनपिक र टीआईए, सेन्ट जोसेफ र जुगल, भद्रकाली र आयोजक बीएमसीए ‘बी’, इडेन ब्रिज एकेडेमी र नव ज्ञान भूमि तथा भ्याली पब्लिक र स्कोलर्स होमबीच हुनेछ ।
गल्र्समा हिमालयन किङडमले सेन्ट जोसेफलाई २२–१७ ले पाखा लगायो । विजयी टिमका लागि फूलमाया लामाले ७ स्कोर गरिन् ।
जुनियर ब्वाइजमा हिमालयन किङडमले सेन्ट जोसेफलाई २३–१६ तथा एन्जल्स हार्टले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २०–१६ ले पन्छाए । हिमालयन किङडमका लोप्साङले ११ तथा एन्जल्स हार्टका आदित पुनले ५ अंक जोडे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]