3 years ago
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ ३० गतदेखि हुने भएको छ ।

चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा मोफसलका ३ सहित १६ पुरुष टिमको सहभागिता रहने चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठले जनाएका छन् ।
४० वर्षमाथि उमेरसमूहको प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् ।
चार विधागत उत्कृष्टतर्फक खेलाडी, गोलरक्षक, डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
नकआउट पद्धतिमा हुने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ । पहिलो संस्करणको उपाधि ढोलाहिटी एफसीले जितेको थियो । फाइनल असार ४ गते हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]