3 years ago
June 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुनिरा थापा र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सुनिराले रायना शाहलाई ६–३ र ६–२ तथा अभिलाषाले प्रशंसा मोक्तानलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे ।
प्रकृति श्रेष्ठ र शुभाङ्गी लक्ष्मी शाह पनि सेमिफाइनलमा पुगे । ६–० ले अगाडि रहेको अवस्थामा प्रतिद्वन्द्वी गंगा शर्मा रिटायर्ड हर्ट भएपछि प्रकृति विजेता घोषित भइन् । शुभाङ्गीले आइसा डोल्कर गुरुङलाई ६–४, २–६ र ६–२ ले हराइन् ।
पुरुष सिंगल्समा प्रदीप खड्काले निहालजंग बहादुर थापालाई ६–१ र ६–२, आरभसम्राट हाडाले राजवीर प्रधानलाई ७–५ र ७–५, आर्यन गिरीले प्रणव मानन्धरलाई ३–६, ६–३ र ६–३, आयुशमान हजुर घलेले साहिल थापालाई ६–० र ६–१, निशान श्रेष्ठले अभिनव आचार्यलाई ६–० र ६–१, अभिषेक बाँस्तोलाले सक्षमविक्रम शाहलाई ६–० र ६–०, अकी जुवेन रावतले प्रीतम परियारलाई ६–० र ६–२ तथा प्रणव खनालले सौगात विकलाई ६–० र ६–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा आर्याशराज पौडेलले विश्वविशेष डल्लाकोटीलाई ७–६ (२) र ६–४ तथा निश्चल ज्ञवालीले सुजन कुइकेललाई ६–३ र ६–३ ले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे ।
यु–९ ब्वाइज सिंगल्समा संघर्ष फोडार, आर्याशराज पौडेल, निश्चल ज्ञवाली र इभान भट्टराई सेमिफाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा सरा पन्त, जीवाश्री भट्टराई, निम्ति कुँवर र थिअ श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए ।
यु–१२ ब्वाइज सिंगल्समा अशभसम्राट हाडा, सानोवाज हुसैन र हभिस वंशलले सेमिफाइनल यात्रा तय गरे । उक्त स्पर्धाको गल्र्समा साल्भी शेरचन र आयुशा जिसी सेमिफाइनलमा पुगे ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, प्रवेश पन्त, अनिल साइ, सन्तोष खत्री, सिमान्त गुरुङ, दावा सोनाम श्रेष्ठ, छेवाङ लामा र जितेन्द्र परियारले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, महेश श्रेष्ठ, मानबहादुर कटुवाल र मोहम्मद युनुस विजयी भए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]