2 years ago
June 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विजय लिम्बु र समिक्षा राईले छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि जितेका छन् ।

फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषमा विजय तथा महिलामा समिक्षा पहिलो भएका हुन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा बसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए ।
महिलामा स्वाति श्रेष्ठ दोश्रो तथा अर्लिन लामा तेश्रो स्थानमा रहे । पुरुष र महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
रविभवनस्थित नाथम कलेजमा भएको प्रतियोगिताका विजेतालाई संघीय सांसद् शोभिता गौतम, आयोजक संघका अध्यक्ष अच्यूत खनाल, महासचिव सत्य थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । प्रतियोगिताको पुरुषमा १ सय ५० तथा महिलामा ४० गरी १ सय ९० खेलाडी सहभागी थिए ।

शुक्रबार खेलाडीको छनोट प्रतियोगिता भने सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको थियो । त्यसबाट पुरुष÷महिलामा समान १०–१० खेलाडी फाइनल चरणलाई छनोट गरिएको थियो ।
काठमाडौंमा राष्ट्रिय प्रतियोगिता भएको यो तेश्रो पटक हो । बाँकीका तीन संस्करण पर्यटकीय नगरी पोखरामा भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]