default_image

2 years ago

July 17, 2023

इन्टर मायमीमा मेस्सीको भव्य स्वागत

295 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका कप्तान सुपर स्टार लियोन मेस्सीले अमेरिकाको मेजर सकर लिग टोली इन्टर मायमीबाट खेल्ने औपचारिकता पूरा भएको छ ।

बार्सिलोनामा लामो खेल जीवन बिताएका मेस्सी पछिल्लो दुई सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा रहेका थिए । गत वर्ष अर्जेन्टिनाका लागि विश्व कप जितेका मेस्सीलाई इन्टर मायमीले आइतबार हजारौं समर्थकका बीच स्वागत गरेको थियो । यद्दपी मायमी फोर्ट लाउडेरडाले क्षेत्रमा परेको आँधीका कारण कार्यक्रम पूर्व निर्धारित समय भन्दा ढिला भएको थियो ।

मेस्सीको आबद्धता मेजर सकर लिगको एतिहहासमा सबैभन्दा ठूलो सरुवाका रुपमा लिइएको छ । डिआरभी पिएनके रंगशालामा समर्थकहरुलाई सम्बोधन गर्दै मेसीले आफू कति खुसी रहेको र सुरुवातका लागि व्यग्र रहेको बताएका थिए ।

‘यो स्वागतका लागि यहाँ उपस्थित सबैलाई धन्यवाद दिन चाहान्छु । यहाँ आएदेखि नै मैले स्नेह पाएको छु । म तपाईहरुसँग हुँदा उत्साहित छु,’ उनले भने, ‘म जोसे मास, जार्ज मास र डेभिड बेकह्यामलाई धन्यवाद दिन चाहान्छु । जसका कारण यो प्रक्रिया सहज भयो र मलाई घर आएको अनुभुती भएको छ । म अभ्यास सुरु गर्न चाहान्छु । खेल्न, जित्न र टोलीलाई अघि बढाउन चाहान्छु ।’

पिएसजीमा रहँदा उनले युरोपियन च्याम्पियन्स लिग जित्न भने सकेनन् । बार्सिलोनामा उनले चार पटक त्यो सफलता हासिल गरिसकेका थिए । पिएसजीको सम्झौता टुंगिएपछि उनी साउदी अरेबिया वा बार्सिलोनानै फर्कने भन्ने चर्चा पनि चलेको थियो । तर, ३६ वर्षे सुपपर स्टारले एमएलएसको चुनौती स्वीकार गर्ने निर्णय गरे ।

१० पटक ला लिगा उपाधि जितेका मेस्सी एमएलएसका मार्की खेलाडीका रुपमा रहेका छन् । मेस्सीले आउने दिनमा पनि समर्थकको साथ रहने विश्वास व्यक्त गरे । ‘प्रतियोगितामा पनि समर्थकहरुको साथ यसै रहने विश्वास छ,’ उनले भने, ‘मलाई विश्वास छ क्लबका सहकर्मीले आफ्नोतर्फबाट क्लबको योजना पूरा गर्नका लागि शतप्रतिशत दिनेछन् । म यो सहर चुनेकोमा खुसी छु । मलाई पूरा विश्वास छ हामी यहाँ राम्रो समय बित्नेछ ।’

मायमीले मेस्सीका बर्सिलोना सहकर्मी सर्जियो बुस्केट्सलाई पनि सोही समारोहमा सार्वजनिक गरेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.