default_image

5 months ago

July 17, 2023

इन्टर मायमीमा मेस्सीको भव्य स्वागत

एजेन्सी – अर्जेन्टिनाका कप्तान सुपर स्टार लियोन मेस्सीले अमेरिकाको मेजर सकर लिग टोली इन्टर मायमीबाट खेल्ने औपचारिकता पूरा भएको छ । बार्सिलोनामा लामो खेल जीवन बिताएका मेस्सी पछिल्लो दुई सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा रहेका थिए । गत वर्ष अर्जेन्टिनाका लागि विश्व कप जितेका मेस्सीलाई इन्टर मायमीले आइतबार हजारौं समर्थकका बीच स्वागत […]

68 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका कप्तान सुपर स्टार लियोन मेस्सीले अमेरिकाको मेजर सकर लिग टोली इन्टर मायमीबाट खेल्ने औपचारिकता पूरा भएको छ ।

बार्सिलोनामा लामो खेल जीवन बिताएका मेस्सी पछिल्लो दुई सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा रहेका थिए । गत वर्ष अर्जेन्टिनाका लागि विश्व कप जितेका मेस्सीलाई इन्टर मायमीले आइतबार हजारौं समर्थकका बीच स्वागत गरेको थियो । यद्दपी मायमी फोर्ट लाउडेरडाले क्षेत्रमा परेको आँधीका कारण कार्यक्रम पूर्व निर्धारित समय भन्दा ढिला भएको थियो ।

मेस्सीको आबद्धता मेजर सकर लिगको एतिहहासमा सबैभन्दा ठूलो सरुवाका रुपमा लिइएको छ । डिआरभी पिएनके रंगशालामा समर्थकहरुलाई सम्बोधन गर्दै मेसीले आफू कति खुसी रहेको र सुरुवातका लागि व्यग्र रहेको बताएका थिए ।

‘यो स्वागतका लागि यहाँ उपस्थित सबैलाई धन्यवाद दिन चाहान्छु । यहाँ आएदेखि नै मैले स्नेह पाएको छु । म तपाईहरुसँग हुँदा उत्साहित छु,’ उनले भने, ‘म जोसे मास, जार्ज मास र डेभिड बेकह्यामलाई धन्यवाद दिन चाहान्छु । जसका कारण यो प्रक्रिया सहज भयो र मलाई घर आएको अनुभुती भएको छ । म अभ्यास सुरु गर्न चाहान्छु । खेल्न, जित्न र टोलीलाई अघि बढाउन चाहान्छु ।’

पिएसजीमा रहँदा उनले युरोपियन च्याम्पियन्स लिग जित्न भने सकेनन् । बार्सिलोनामा उनले चार पटक त्यो सफलता हासिल गरिसकेका थिए । पिएसजीको सम्झौता टुंगिएपछि उनी साउदी अरेबिया वा बार्सिलोनानै फर्कने भन्ने चर्चा पनि चलेको थियो । तर, ३६ वर्षे सुपपर स्टारले एमएलएसको चुनौती स्वीकार गर्ने निर्णय गरे ।

१० पटक ला लिगा उपाधि जितेका मेस्सी एमएलएसका मार्की खेलाडीका रुपमा रहेका छन् । मेस्सीले आउने दिनमा पनि समर्थकको साथ रहने विश्वास व्यक्त गरे । ‘प्रतियोगितामा पनि समर्थकहरुको साथ यसै रहने विश्वास छ,’ उनले भने, ‘मलाई विश्वास छ क्लबका सहकर्मीले आफ्नोतर्फबाट क्लबको योजना पूरा गर्नका लागि शतप्रतिशत दिनेछन् । म यो सहर चुनेकोमा खुसी छु । मलाई पूरा विश्वास छ हामी यहाँ राम्रो समय बित्नेछ ।’

मायमीले मेस्सीका बर्सिलोना सहकर्मी सर्जियो बुस्केट्सलाई पनि सोही समारोहमा सार्वजनिक गरेको थियो ।

December 5, 2023

नेपाल र चीनको यू–२१ टोलीबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा नेपाल र चीनको यू–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भएको भेटवार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष तथा महोत्सवमा नेपाल र चीनको चोङ चीन प्रान्तको व्यवसायिक र यसु फुटबल […]

December 3, 2023

नेपालकी रशिला एसिया ट्रेल मास्टरमा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अल्ट्रा धाविका रशिला तामाङ इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को च्याम्पियन बनेकी छिन् । शनिबार भएको स्पर्धामा नेपालकी रशिला महिला ७७ किलोमिटर सेन्ट्रल जाभा इन्डोनेसिया सिक्सोरोगो लाउ अल्ट्रा दौडमा च्याम्पियन बनेकी हुन् । उनले निर्धारित ७७ किमि दुरी १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । च्याम्पियन […]

November 24, 2023

नेपालगञ्ज कनक्लेभमा खेलकुदको‌ चर्चा

नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको‌ अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]

Success

Thank you for your time.