default_image

2 years ago

July 23, 2023

नासिरको नयाँ राष्ट्रिय किर्तिमान

443 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेनले वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।

जापानको फुकुओकामा भएको च्याम्पियनसिपमा नासिरले नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

नासिरले ४ सय मिटिर फ्रि स्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समयका साथ नयाँ किर्तिमान कायम गरेका हुन् । यसअघि नासिरकै नाममा ४ मिनेट १२.१७ सेकेन्ड समयको किर्तिमान कायम थियो । नासिरले उक्त किर्तिमान गत असारमा आयोजना भएको ११औं एनएसए कप पौडी प्रतियोगितामा राखेका थिए ।

एक महिनाको अवधिमै उनले उक्त कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् । अब नासिरले सोमबार पुरुष २०० मिटर फ्रिस्टायल र गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.