2 years ago
August 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदैछ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक पुरुष र महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषमा सुरज राना मगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन् । दुवै १९औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३औं दक्षिण एसियाली खेलकुदमा एमटीबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन् ।
व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी रहेका छन् । टोली आइतबार स्कोटल्यान्ड प्रस्थान गर्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाई गरे ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]