2 years ago
August 7, 2023
ठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेन तेक्वान्दो एकेडेमीका दुई खेलाडीले पदक जितेका छन् ।

मलेसियाको क्वालालम्पुरमा साउन १९ र २० गते भएको च्याम्पियनसिपमा न्यूजेन सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका हुन् । सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू १३ देखि १५ को ब्ल्याक बेल्ट स्पिड किकिङमा दोस्रो स्थान प्राप्त गरेको तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री प्रविण थापाले जानकारी दिए ।

न्युजेनका ४ खेलाडीले उक्त च्याम्पियसिपमा भाग लिएका थिए भने टोलीको व्यवस्थापकमा रेब्न्या घले थिइन् । थापाले च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]