default_image

4 months ago

August 8, 2023

स्वर्ण विजेता नन्दालाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दा बस्याललाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । दक्षिण कोरियामा भएको उक्त प्रतियोगितामा नन्दाले इरानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् । उक्त स्पर्धामा मात्र दुई खेलाडी सहभागी थिए । उनले सिनियर विधाको ब्याक किक स्पर्धामा खेलेकी थिइन् । नन्दालाई राष्ट्रिय […]

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी नन्दा बस्याललाई मंगलबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

दक्षिण कोरियामा भएको उक्त प्रतियोगितामा नन्दाले इरानका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन् । उक्त स्पर्धामा मात्र दुई खेलाडी सहभागी थिए । उनले सिनियर विधाको ब्याक किक स्पर्धामा खेलेकी थिइन् ।

नन्दालाई राष्ट्रिय खेलकुद परिषदका कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, राखेपका पूर्व सदस्य सुवास श्रेष्ठ, खेलकुद विकास विभागका प्रमुख मिनकुमार शर्मा, कलाकार, परिवारजन, शुभचिन्तक, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतले एक कार्यक्रमबीच स्वागत गरे ।

सो अवसरमा राखेप कार्यकारी समितिकी सदस्य समेत रहेकी स्वर्ण विजेता नन्दाले देशलाई पदक दिलाउन पाएको गर्वको अनुभूति भएको बताइन् ।

December 5, 2023

नेपाल र चीनको यू–२१ टोलीबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा नेपाल र चीनको यू–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भएको भेटवार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष तथा महोत्सवमा नेपाल र चीनको चोङ चीन प्रान्तको व्यवसायिक र यसु फुटबल […]

December 3, 2023

नेपालकी रशिला एसिया ट्रेल मास्टरमा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अल्ट्रा धाविका रशिला तामाङ इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को च्याम्पियन बनेकी छिन् । शनिबार भएको स्पर्धामा नेपालकी रशिला महिला ७७ किलोमिटर सेन्ट्रल जाभा इन्डोनेसिया सिक्सोरोगो लाउ अल्ट्रा दौडमा च्याम्पियन बनेकी हुन् । उनले निर्धारित ७७ किमि दुरी १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । च्याम्पियन […]

November 24, 2023

नेपालगञ्ज कनक्लेभमा खेलकुदको‌ चर्चा

नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको‌ अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]

Success

Thank you for your time.