default_image

2 years ago

August 9, 2023

१० महिनापछि नवौं राष्ट्रिय खेलकुदको हिसाब सार्वजनिक, झण्डै ५४ करोड खर्च

996 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– गण्डकीमा गत वर्ष भएको नवौं राष्ट्रिय खेलकुद आयोजनामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको १० महिना भन्दा लामो समयपछि हिसाब सार्वजनिक गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले ५३ करोड ७९ लाख ४ हजार २ सय ३९ रुपैयाँ ८ पैसा खर्च भएको बताएका छन् ।

त्रिपुरेश्वस्थित राखेपमा आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले सरकारबाट ६० करोड १० लाख रुपैयाँ प्राप्त भएको र आन्तरिक रुपमा ५१ लाख ५२ हजार ७ सय रुपैयाँ आम्दानी भएको जानकारी दिए । कुल ६० करोड ६१ लाख ५२ हजार ७ सय मध्ये ६ करोड ८२ लाख ४८ हजार ४ सय ६० रुपैयाँ ९२ बाँकी रहेको बताएका छन् ।

गण्डकीको कास्कीलगायत ८ जिल्लामा सन्चालन भएको नवौं राष्ट्रिय खेलकुदको असोज २८ मा भएको उद्घाटन र कात्तिक ३ गते भएको समापनमा मात्र २ करोड ७० लाख १८ हजार १ सय ८३ रुपैयाँ खर्च भएको बताइएको छ । प्रचार प्रसारका लागि १ करोड २४ लाख ५१ हहजार ५ सय १७ रुपैयाँ खर्च भएको राखेपले उपलब्ध गराएको खर्च विवरणमा उल्लेख छ ।

एनआरएनए टिम, निर्णायक, संघ प्रतिनिधि, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको खाना तथा बसोबासमा मात्र १३ करोड १७ लाख ७६ हजार ९ सय ७० रुपैयाँ भएको बताएको छ । खेल सामाग्रीमा २ करोड खर्च भएको र भिभिआइपी भिआइपी पदाधिकारी तथा कर्मचारी दैनिक तथा भ्रमण भत्ता र खानाखाजमा १ करोड २८ लाख ४८ हजार ८० रुपैयाँ खर्च भएको बताइएको छ ।

किट्स ब्याग, निर्णायक जर्सी र खेल पोशाकका लागि १५ करोड ३९ ल्ँख ८५ हजार ८ सय २१ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । खेल स्थल निर्माण तथा खेल सन्चालन प्राविधि सामाग्री र खेल सामाग्री ढुवानीका लागि १ करोड २२ लाख ७४ हजार २ सय ३५ रुपैयाँ खर्च भएको बताइएको छ । राखेपले २१ वटा शीर्षकमा खर्च भएको उल्लेख गरेको छ ।

७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र शसस्त्र प्रहरी ) र एनआरएनए गरि ११ टोलीको सहभागिता रहेको नवौं राष्ट्रिय खेलकुदमा २ हजार ७ सय १३ महिला तथा ३ हजार ४ सय १४ जना पुरुष खेलाडी गरि कुल ६ हजार १ एक २७ खेलाडीले प्रतिस्पर्धा गरेको थिए । ३ सय ९७ स्वर्ण, ३ सय ९७ रजत र ५ सय ५३ कास्य पदकसहित कुल १ हजार ३ सय ४७ पदकका लागि भएको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा रहेको थियो ।

नवौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय बाणिज्य बैंकबाट ३० लाख, नेपाल टेलिकमबाट ५ लाख, राष्ट्रिय बीमा संस्थानबाट २ लाख प्रायोजन वापत र टिकट विक्रीबाट १४ लाख ५२ हजार ७ सय रुपैयाँ आम्दानी भएको जानकारी दिइयो ।

विभिन्न क्षेत्रमा भएका खर्चहरुलाई एकिकृत गरि खर्चको सम्पूर्ण विवरण तयार गर्न सबै क्षेत्रको भुक्तानी भई सक्नु पर्ने भएको उल्लेख गर्दै राखेपले ठूला चाडपर्वका समयमा प्रतियोगिता भएको र लगत्तै आमनिर्वाचन २०७९ मा राखेप कर्मचारीहरु खटिएकोले खर्चको हिसाब एकिन गर्न समय लागेको बताएको छ ।

भुक्तानीका प्रक्रिया अघि बढाउदै गर्दा नेपाल सरकारले देशको अर्थ व्यवस्थामा आएको चापलाई ध्यान दिई खर्च कटौतीका लागि सबै क्षेत्रको बजेट रोक्का गर्दा नवौं राष्ट्रिय खेलकुदको बजेट पनि रोकिन गए पछि भुक्तानी प्रक्रिया पूर्णरुपमा प्रभावित भएको राखेपको भनाई थियो । बजेट शिर्षकहरु फुकुवा गरी दिएकोले भुक्तानी गर्ने कार्य गरिएको थियो जसका कारण स्वर्ण पदक प्राप्त खेलाडीहरुको पुरस्कार रकम समेत ढिला भुक्तानी गर्नुपर्ने अवस्था आएको थियो ।

रकमान्तरको प्रक्रिया पूरा हुन २०८० साल आषाढ पहिलो हप्तासम्म लागेको र तत्पश्चात् भुक्तानी हुँदा खर्चको एकिन विवरण तयार गरी सार्वजनिक गर्न समय लागेको राखेप सदस्य सचिव घिसिङले बताएका छन् ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.