2 years ago
August 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका नेपाली राष्ट्रिय कराते खेलाडीहरुले त्यहाँ भएकाे राष्ट्रिय कराते च्याम्पियनसिपका विभिन्न विधामा ५ पदक हात पार्न सफल भएका छन् ।

अष्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठले दुई रजत, मलिका थापाले रजत र कास्य तथा मनिष थापाले कास्य गरी कुल पाँच पदक जित्न सफल भएका हुन् ।
दिवसले ८४ केजीमाथि र खुल्ला टिम फाइटमा रजत पदक जित्न सफल भएका हुन् । यस्तै मलिका थापाले महिला ५५ केजीतर्फ कास्य र टिम खुलातर्फ रजत पदक जित्न सफल भएकी हुन् ।
यस्तै टिम खुलातर्फ मनिष थापाले कास्य पदक जित्न सफल भएको १३औं सागका दोहोरो स्वर्णधारी तथा हालका प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी गराए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]