default_image

2 years ago

September 19, 2023

लामाचौर कप भलिबलमा गण्डकी च्याम्पियन

1017 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको च्याम्पियन बनेको छ ।विभागीय नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बन्न सफल भएको हो ।

गण्डकीले लिग चरणमा पनि पुलिसमाथि ३–२ को सानदार पूनरागमन जित निकालेको थियो । इन्द्र राज्य लक्ष्मी माविको भलिबल कोर्टमा मंगलबार भएको फाइनलमा गण्डकीले पहिलो सेट २३–२५ ले गुमाएको थियो । दोस्रो सेट २५–१९ ले जितेको गण्डकीले तेस्रो सेट २१–२५ ले गुमाउन पुग्यो ।

त्यसपछिको दुवै सेटमा सानदार प्रदर्शन गर्दै गण्डकीले खेल आफ्नो पक्षमा पार्न सफल भयो । चौथो सेटमा एक समय २४–२१ ले अघि रहेको गण्डकीले लगातार अंक गुमाएपनि रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेल २८–२६ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

निर्णायक तथा पाँचौ सेटमा पनि सानदार प्रदर्शन गरेको गण्डकीले एक समय ४–० को आरामदायी अग्रता लिएर १५–११ को सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

यसअघि सोमबार नै हुनुपर्ने फाइनल लाइट प्रोटेस्टका कारण हुन नसक्दा खेल मंगलबारको लागि तय भएको थियो । सोमबार दुवै टोलीले समान एक सेट जितेका थिए ।

यि दुई टोली गत वर्ष पनि फाइनलमा पुगेको थियो । तर, वर्षाका कारण खेल हुन नसकेपछि पुरस्कार दुवै टोलीलाई बाडिएको थियो ।

उपाधिसँगै गण्डकीले १ लाख ५० हजार रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले १ लाख रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो भएको एपिएफले ७५ हजार प्राप्त गरेको छ ।

यसअघि चन्द्रागिरि न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल पुलिस क्लबले महिलातर्फ उपाधि जितिसकेको छ । पुलिस साविक विजेता तथा डायमण्ड उपविजेता नै हो ।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) आयोजनामा शुक्रबारदेखि सुरु भएको भलिबल प्रतियोगितामा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमको सहभागिता रहेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.