2 years ago
October 1, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध एकै ओभरमा तीन विकेट लिएका छन् । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले ७ ओभरमा ५ विकेट गुमाउँदै २० रन बनाएको छ ।

नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै माल्दिभ्सका ओपनर राफीज अजिन मोहम्मदलाई शून्यमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।
फरिद शिउस २१ बलमा २ चोकासहित १० रनमा आउट भए । उनी अभिनाश बोहराको छैटौं ओभरको तेस्रो बलमा बलमा कुशल भुर्तेलबाट समातिन पुगेका थिए । अभिनाशले नै चौथो बलमा बदिउ इस्माल नजावानलाई शून्यमा एलबीडब्लू आउट गरे ।
अन्तिम बलमा अभिनाशले थोलाल मोहम्मद रियानलाई शून्यमा एलबीडब्लू आउट गरे । सातौं ओभरको पहिलो बलमा गुलशन झाले ओपनर अली इस्माइललाई ३ रनमा क्याच गराए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले २७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल २० बलमा ३ चौका र ३ छक्कासहित ४७ रनमा नटआउट रहे । माल्दिभ्सका बदिउ इस्माइल नजावानले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]