2 years ago
October 7, 2023
हाङ्गचौं (हाम्राे खेलकुद) – मंगोलियामाथि रोमाञ्चक जित निकाल्दै नेपाली राष्ट्रिय टोलीले १९औं एसियाली खेलकुद (एसियाड) को महिला भलिबलमा ११औं स्थान हासिल गरेको छ ।

शनिबार भएको क्लासिफिकेसन खेलमा मंगोलियामाथि ३–२ को सेटमा रोमाञ्चक जित निकाल्दै नेपालले ११औं स्थान हासिल गरेको हो ।
डिक्विङ स्पोर्ट्स सेन्टर जिम्नासियममा शनिबार भएको खेलमा नेपालले पहिलो सेट १७–२५ ले गुमायो । त्यसपछि दोस्रो र तेस्रो सेट २५–१८, २५–२१ ले आफ्नो पक्षमा पारेपछि नेपाल जित नजिक पुगेको थियो । तर, चौथो सेट नेपालले १८–२५ गुमाएपछि खेल पाँचौं सेटमा लम्बियो ।
निर्णायक तथा पाँचौ सेटमा एक समय ४–७ ले पछि रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै खेललाई १५–१२ ले जित्न सफल भयो ।
एसियाली खेलकुदमा नेपाली महिला टोलीको यो पहिलो जित हो । यसअघि नेपालले खेलेको सबै चार खेलमा हार भाेगेकाे थियो ।
समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पराजित हुँदा नवौं देखि १२औं स्थानको प्ले अफमा भारतसँग ३–१ को सेटमा तथा हङकङसँग ३–० को सेटमा पराजित भएको थियो ।
एसियाली खेलकुदमा नेपाली महिला टोलीको यो पहिलो जित हो । यसअघि नेपालले समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पराजित हुँदा नवौं देखि १२औं स्थानको प्ले अफमा भारतसँग ३–१ को सेटमा तथा हङकङसँग ३–० को सेटमा पराजित भएको थियो ।
एसियाडको भलिबलमा नेपाली महिला टोलीले पहिलो पटक सहभागिता जनाएको हो । एसियाड महिला भलिबलमा अफगानिस्तान पुछार (१३औं) भएको छ । चीन र जापानले स्वर्णका लागि प्रतिस्पर्धा गर्दा आज नै भियतनाम र थाइल्यान्डले तेस्रो स्थानको लागि खेल्दैछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]