2 years ago
October 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघ काठमाडौंमा जारी वीरजङ स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा आइतबार भएको खेलमा विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले फाइनलको यात्रा तय गरेको हो ।
पहिलो सेट २७–२९ ले गुमाएको गण्डकीले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले लगातार ३ अंक जोड्दै पहिलो सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
पहिलो सेट गुमाएको गण्डकीले दोस्रो सेट २५–२३ ले जित्दै खेललाई १–१ सेटको बराबरीमा ल्याए । तेस्रो सेट पनि २५–१४ ले सहजै आफ्नो पक्षमा पार्दै गण्डकी जिततर्फ अग्रसर बन्यो ।
विवादित बनेको चौथो सेट झन्डै ४० मिनेटपछि सुरु हुँदा गण्डकीले २६–२४ को जित निकाल्न सफल भयो । ९–९ को बराबरीको अवस्थामा गण्डकीका रवि केसीको प्रहार कोर्ट भित्र नै रहेको भन्दै रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै एपिएफका प्रशिक्षक महेश चौधरीले आफ्नो खेलाडीलाई कोर्ट बाहिर बोलाएका थिए । त्यसपछि रेफ्री र आयोजक कमिटिसँगै भिडियोको सहायतामा एपिएफ खेल्न राजी बनेको थियो ।
अब गण्डकीले उपाधिका लागि सोमबार नेपाल पुलिस क्लब र धौलागिरी रेष्टुरेन्ट ओसाका जापानबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको दोस्रो सेमिफाइनल केहीबेरमा हुँदैछ ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा १८ असोजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २ लाख ५० हजार, तेस्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वाेत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, सर्भर, डिफेन्डर र क्विकरले समान ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]