2 years ago
October 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल सिड्नी इन्टरनेसनल ब्याडमिन्टन सिरिज २०२३ को क्वाटरफाइनलमै रोकिएको छ ।

अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी अन्तर्राष्ट्रिय ओलम्पिक पार्कको कोर्टमा शनिबार भएको क्वाटरफाइनलमा चाइनिज ताइपेईका टिङ येन चेनसँग २१–१७ र २१–१८ को सोझो सेटमा पराजित हुँदै प्रिन्स अन्तिम आठबाटै बाहिरिएको हो ।
यसअघि पनि प्रिन्स अष्ट्रेलियाकै मेलवर्नमा भएको योनेक्स वेन्डिगो इन्टरनेशनल च्यालेन्ज २०२३ मा पनि न्युजिल्याण्डका इडवार्ड लोउसँग २–० को सेटमै पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएका थिए ।
पहिलो सेटमा एक समय ५–४ ले अघि रहेपनि त्यसलाई जोगाउन सकेन । ५–५ को बराबरीबाट पछि परेको प्रिन्सले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।
दोस्रो सेटमा ८–७ को स्थितिबाट १५–८ को आरामदायी अग्रता लिएपनि प्रिन्सले त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । लगातार अंक गुमाएको प्रिन्स १६–१६ को बराबरीबाट पछि पर्यो । त्यसपछि प्रिन्सले मात्रै २ अंक बटुल्दा नतिजा नै सुम्पन पुग्यो ।
प्रिन्सले राउन्ड अफ ६४ मा अष्ट्रेलियाका छिङ होङ गोलाई २१–६ र २१–८, राउन्ड अफ ३२ मा सिंगापुरका जोङ हान लिलाई २१–१२ र २१–९ ले पराजित गरेको प्रिन्सले प्रि–क्वाटरफाइनलमा अष्ट्रेलियाका याकुव सुलरबाट वाकओभर पाएका थिए ।
यस्तै विष्णु कटुवालले राउन्ड अफ ६४ मा अष्ट्रेलियाका विल्सन लिलाई २१–८ र २१–१४, राउन्ड अफ ३२ मा अष्ट्रेलियाका टिमोथी एल्बर्टलाई ९–२१, २१–१९ र २१–१७ ले पराजित गर्दा प्रि–क्वाटरफाइनलमा भारतका साहास कुमारसँग १४–२१ र १३–२१ ले पराजित भए ।
राउन्ड अफ ६४ मा अष्ट्रेलियाका ब्रेन्ट गुओलाई २१–११ र २१–१० ले पराजित गरेको प्रफुल महर्जन राउन्ड अफ ३२ मा अमेरिकाका एनरिको असुनएिनसँग १५–२१ र १५–१३ ले पराजित भए ।
महिला एकलमा अनुमाया राई राउन्ड अफ ३२ मा अष्ट्रेलियाकी मौरिन क्लारिसा विजयसँग १९–२१, २१–१९ र २१–७ ले पराजित भइन् । नङ्सल देवी तामाङले राउन्ड अफ ३२ मा अष्ट्रेलियाकी युरान झाङलाई १७–२१, २१–१७ र २१–१३ ले हराएपनि प्रि–क्वाटरफाइनलमा न्युजिल्यान्डकी सौना लिसँग १०–२१ र ८–२१ ले पराजित भइन् ।
पुरुष डबल्समा प्रिन्स र विष्णुको जोडीले अष्ट्रेलियाका एलेन फाङ र जियालिन गुओलाई २१–८ र २१–१४ ले पराजित गर्दा अर्काे खेलमा अष्ट्रेलियाका यि सुएन का र केन रिचार्डसनको जोडीसँग २१–१४ र २१–१२ ले पराजित भए ।
महिला डबल्समा नङ्सल र अनुमायाको जोडी अष्ट्रेलियाकी फाय हुओ र भिक्टोरिया लिको जोडीसँग २१–२३ र ८–२१ ले पराजित भइन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]