default_image

2 years ago

October 28, 2023

जन आवाज, कन्यास्थान, विद्यार्थी र मेन्दो फोले सेमिफाइनलमा

921 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जन आवाज युवा क्लब माने, कन्यास्थान युवा क्लब पुरानो पानी म्यागङ नुवाकोट, विद्यार्थी उपकार संघ पात्ले र मेन्दो फोले युवा क्लब काउले तेस्रो संस्करणको कुपा नकआउट फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

धादिङको निलकन्ठ नगरपालिका – १४ धुवाकोटस्थित कुपा खेल मैदानमा शनिबार भएको पहिलो क्वाटरफाइनलमा कन्यास्थान युवा क्लब पुरानोपानी नुवाकोटले मेलमिलाप युवा क्लब घोर्मो डाब्जोङ नेत्रावतीलाई ३–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे ।

दोस्रो क्वाटरफाइनलमा ताङ्चामाने युवा क्लब नेत्रावती डब्जोङ धादिङलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै जन आवाज युवा क्लब माने धुवाकोटले सेमिफाइनलमा स्थन सुरक्षित गरे ।

तेस्रो क्वाटरफाइनलमा विद्यार्थी उपकार सघ पात्ले धुवाकोटले सामारी युवा क्लब म्यागङ नुवाकोटबाट वाकओभर पाउँदा अन्तिम क्वाटरफाइनलमा नागिनिथान युवा क्लब म्यागङ नुवाकोटलाई म्हेन्दोफोले युवा क्लब निलकन्ठले ७–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।

अब सेमिफाइनल र फाइनल खेल आइतबार हुने प्रतियोगिता संयोजक अरुण गुरुङले जानकारी गराए । फाइनल दिउँसो २ बजेपछि हुनेछ । कुपा युवा समाजद्धारा ६ कार्तिकबाट शुरु भएको प्रतियोगितामा ४० टोलीको सहभागिता रहेका कारण प्रतियोगिता सम्पन्न हुन नसकेको बताए ।

खेल तालिका अनुसार शनिबार फाइनल हुनुपर्ने थियो । पहिलो संस्करणमा भङेरी युवा क्लब धुवाकोट तथा दोस्रोमा थर्पु युवा क्लब दब्जोङ च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको विजेताले ५० हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले ३० हजार ५ सय, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनल पराजित हुने दुई टोलीले ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । सर्वाेत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, गोलरक्षक र डिफेन्डरले आकर्षक पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै आइतबार हुने मिनि म्याराथनको सम्पूर्ण तयारी पूरा भएको आयोजक कुपा युवा समाजले जनाएको छ । १० किलोमिटरको मिनि म्याराथन बिहान १० बजेपछि हुनेछ । मिनि म्याराथनमा कम्तीमा पनि १ सय जनाको सहभागिता रहने आयोजकले अनुमान गरेको छ ।

मिनि म्याराथन कुपा खेल मैदानबाट सुरु भई छाप, देउराली, गहते, गनेडाडा, पात्ले र काउले हुँदै सोही रुटबाट फर्किएर कुपा खेल मैदानमा आएर टुंगिने छ । मिनि म्याराथनको विजेताले २० हजार, मेडल प्रमाणपत्र तथा दोस्रो हुनेले १० हजार, मेडल र प्रमाणपत्र हात पार्नेछ । शीर्ष चारमा पर्नेलाई विशेष पुरस्कार प्रदान गरिनेछ ।

पहिलो संस्करणमा खनियावास धादिङका श्रीलाल तामाङ तथा दोस्रोमा नेपाल्ी सेनामा कार्यरत बैतडीका मोहन जोशी पहिलोे भएको थियो ।

नुवाकोट र धादिङको सिमानामा रहेको यस कुपा गाँउमा पछिल्लो दुई वर्षयता फुटबल र मिनि म्याराथनसँगै परम्परागत रोटेपिङ र सास्कृतिक कार्यक्रम हुदै आइरहेको छ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.