4 weeks ago
October 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरविरुद्ध खेल गुमाउने भएका छन् । टसका क्रममा प्लेइङ-११ मा भएपनि दीपेन्द्र अभ्यासको क्रममा घाइते भएपछि नखेल्ने भएका हुन् । अभ्यासका क्रममा उनको खुट्टा मर्किएको बुझिएको छ । त्यसैले अन्तिम समयमा उनको स्थानमा विवेक यादवलाई टोलीमा राखिएको छ । […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरविरुद्ध खेल गुमाउने भएका छन् ।
टसका क्रममा प्लेइङ-११ मा भएपनि दीपेन्द्र अभ्यासको क्रममा घाइते भएपछि नखेल्ने भएका हुन् । अभ्यासका क्रममा उनको खुट्टा मर्किएको बुझिएको छ । त्यसैले अन्तिम समयमा उनको स्थानमा विवेक यादवलाई टोलीमा राखिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ४ ओभरमा १ विकेट गुमाउँदै ३३ रन बनाएको छ । तीव्र गतिका बलर करणले दोस्रो बलमै सिंगापुरका कप्तान अरित्र दत्तलाई बोल्ड आउट गरेका थिए । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । नेपालका सन्दीप लामिछाने टोलीमा फर्किदा ललित बेन्चमा छन् ।
नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
सिंगापुरको प्लेइङ ११ : अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, मनप्रीत सिंह, जनकप्रकाश, अक्षक रुपक पुरी, थिलिप थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, अमात्र्य कौल र अर्याविर चौधरी ।
November 24, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]
November 20, 2023
एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]
November 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण आगामी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले कोरोना भाइरस (कोभिड–१९) पछि रोकिएको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण माघ १२ देखि २२ गतेसम्म हुने काठमाडाैंमा हुने जानकारी गराएको छ । ११ […]