2 years ago
November 1, 2023
एजेन्सी – दक्षिण अफ्रिकाले दुई शतक र उत्कृष्ट बलिङको सहयोगमा आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डमाथि १ सय ९० रनको सानदार जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । समान १२ अंक भएपनि नेटरनरेटको कारण भारतलाई पछिपार्दै शीर्षस्थानमा उक्लिएको हो ।

जितको लागि ३ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५.३ ओभरमा १ सय ६७ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ५० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको योगदान दिए ।
मार्को यानसनको तेस्रो ओभरको अन्तिम बलमा डेभन कन्वे स्लिपमा एडेन माक्ररमबाट २ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि रचिन रविन्द्र र विल योंगले ३७ रनको साझेदारी गरेका थिए । यानसनकै बलमा रचिन रविन्द्र ९ रनमा जेराल्ड कोट्जीबाट क्याच आउट भएका थिए ।
विल योंग ३७ बलमा ५ चौकासहित ३३ रनमा क्याच आउट भए । मध्यक्रम दक्षिण अफ्रिकाका स्पिनर केशव महाराजले ध्वस्त पारेका थिए । डर्याल मिचेल महाराजको बलमा २४ रनमा मिलरबाट क्याच आउट भए । मिचेल सान्टनार महाराजको बलमा बोल्ड भएपछि न्युजिल्यान्ड २२.४ ओभरमा १००-६ को दयनीय अवस्थामा पुगेको थियो ।
दक्षिण अफ्रिका जितमा स्पिनर केशव महाराजले ९ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । मार्को यानसनले ८ ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । जेराल्ड कोट्जीले ६.३ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । कागिसो रबाडाले एक विकेट लिए ।
त्यसअघि पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ५७ रन बनाएको थियो । दक्षिण अफ्रिकाको जितमा रास्सी भान डर डुसेनले १ सय १८ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रन बनाएका थिए ।

अर्का ओपनर क्विन्टन डि ककले १ सय १६ बलमा १० चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए ।जारी विश्वकपमा डि ककको चौथो र डुसेनको दोस्रो शतक हो । डि ककले यसअघि यस विश्वकपमा श्रीलंकाविरुद्ध १ सय, अष्ट्रेलियाविरुद्ध १ सय ९ र बंगलादेशविरुद्ध १ सय ७४ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
एकै विश्वकपमा भारतका रोहित शर्माले २०१९ मा पाँच र श्रीलंकाका कुमार संगाकाराले २०१५ को विश्वकपमा चार शतक हानेका थिए ।
दोस्रो विकेटका लागि डि कक र डुसेनले २ सय रनको दोहोरो शतकीय साझेदाारी गरेका थिए । ओपनर टेम्बा बभुमा भने २८ बलमा ४ चौका र १ छक्कासहित २४ रनमा आउट भएका थिए ।
फिनिसर डेविड मिलरले ३० बलमा २ चौका र ४ छक्कासहित ५३ रन गराउँदै राम्रो अन्त्य गरे । हेनरिक क्लासेन १५ र एडेन माक्ररम ६ रनमा अविजित रहे ।
न्युजिल्यान्डका टिम साउथीले १० ओभरमा ७७ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्ट १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर १ विकेट लिए । जेम्श निसमले एक विकेट लिए ।
दक्षिण अफ्रिका ७ खेलमा ६ मा जित र १ मा हारसहित १२ अंकका साथ शीर्षस्थानमा छ । भारत ६ खेलमा १२ अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ ।
दक्षिण अफ्रिकाले अव आइतबार भारत र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिकालाई एक जित आवश्यक पर्दछ । झिनो अन्तरले दुबै खेलमा हारेपनि सेमिफाइनल खेल्न सक्छ ।
उता न्युजिल्यान्डले अव शुक्रबार पाकिस्तान र बिहीबार श्रीलंकासँग खेल्नेछ । न्युजिल्यान्डलाई सेमिफाइनल खेल्न दुबै खेलमा जितको आवश्यक पर्दछ । विशेषगरि पाकिस्तानसँगको खेल जित्नै पर्ने हुन्छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]