2 years ago
November 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो हुन सफल भएकी छिन् ।

मलेसियामा भएको ट्रेल फेस्टिबलमा उनले निर्धारित ५० किलोमिटर दुरी ७ घन्टा २७ मिनेट १८ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन् ।
यस विधामा बेल्जियमकी अरो डेसिएरले पहिलो स्थान हासिल गरेकी छिन् । उनले निर्धारित दुरी ६ घन्टा ५३ मिनेट ४६ सेकेन्डमा पूरा गरिन् । दक्षिण कोरियाकी बोयोङ जाङले ७ घन्टा २७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।

नेपालबाट रशिलासँगै सहभागी भएकी छोकी शेर्पा चौथो भइन् । पछिल्लो समय रशिलाले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रा रेसमा नियमित जसो सहभागिता जनाउँदै शीर्ष तीन भित्र पर्न सफल छिन् ।
स्विट्जरल्याण्डमा भएको यूटीएमआरमा लगायतमा पहिलो भएकी रशिलाले चीनमा भएको जिओजी माउन्टेन क्रसिङ कम्पिटिसन, नेपालमा युनिभर्सिटी च्याम्पियनसिप, गोदावरी रनिङ फेस्टिभल र हिमालयन आउटडोर र ४२ किमीको एभरेष्ट म्याराथनलगायतमा सहभागिता जनाईसकेकी छिन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]