2 years ago
November 6, 2023
एजेन्सी – श्रीलंका आइसिसी विश्वकप २०२३ मा बंगलादेशसँग ३ विकेटले पराजित भएसँगै सेमिफाइनल दौडबाट बाहिरिएको छ । जितको लागि २ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४१.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

बंगलादेशको जितमा नाज्मुल हसन सान्टोले १ सय १ बलमा १२ चौकासहित सर्वाधिक ९० रन बनाए । सकिब अल हसनले ६५ बलमा १२ चौका र २ छक्कासहित ८२ रन बनाए । ओपनर लिटन दास २२ बलमा २ चौका र २ छक्कासहित २३, महमुदूल्लाह रियाद २२, मुुश्फिकुर रहिम १० र मेहेदी हसन मिराज ३ रनमा आउट भए ।
श्रीलंकाका दिलशान मदुशानकाले १० ओभरमा ६९ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । महेश थिक्सेना र एन्जिलो म्याथ्युजले समान दुई विकेट लिए ।
त्यसअघि दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९.३ ओभरमा २ सय ७९ रनमा अल आउट भएको थियो । श्रीलंकाका चरिथ असलंकाले १ सय ५ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ८ रनको शतकीय इनिङ खेलेका थिएका थिए । तर टोलीलाई शतकका बाबजुद जिताउन सकेनन् ।
चरिथ बाहेक अन्य कुनैपनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । ओपनर पाथुम निसंका ३६ बलमा ८ चौकासहित ४१ रनमा आउट भए । कुशल परेरा ४ र कुशल मेन्डिस १९ रनमा आउट भएका थिए ।

सदिरा समाराविक्रमा ४२ बलमा ४ चौकासहित ४१ रनमा सकिब अल हसनको बलमा क्याच आउट भए । हसनको बलमा सदिरा महमुदूल्लाहबाट क्याच आउट भएका थिए ।
उनी आउट भएपछि हेल्मेट समस्याको कारण तयार हुन दुई मिनेट समय भन्दा बढी लगाएपछि एन्जिलो म्याथ्युज टाइम आउट भएका थिए । क्रिकेट इतिहासमा म्याथ्युज टाइम आउट हुने पहिलो खेलाडी हुन् ।
धनन्जय डि सिल्भा ३४, महेश थिक्सेना २२ र दुश्मन्था चामिरा ४ रनमा आउट भएका थिए । बंगलादेशका तान्जिम हसन सकिबले १० ओभरमा ८० रन खर्चेर ३ विकेट लिए । सकिब अल हसनले १० ओभरमा ५७ रन खर्चेर २ विकेट लिए । शोरिफुल इस्लामले ९.३ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए ।
बंगलादेश ८ खेलमा २ मा जित र ६ मा हारसहित सातौं स्थानमाछ । श्रीलंका ८ खेलमा २ मा जित र ६ मा हारसहित आठौं स्थानमा छ । नेदरल्यान्ड्स ७ खेलमा ४ अंकका साथ नवौं स्थानमा छ ।
इंग्ल्यान्ड ७ खेलमा २ अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ । भारत ८ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । दक्षिण अफ्रिका ८ खेलमा ६ मा जित र २ मा हारसहित १२ अंकका साथ दोस्रो स्थानमा छ । भारत र दक्षिण अफ्रिका भने सेमिफाइनलमा पुगि सकेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]