2 years ago
November 20, 2023
एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो ।

जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहे ।
त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो ।
घरेलु मैदान, लाखौं दर्शक, उत्कृष्ट लय, विश्वकपमा सर्वाधिक रन र विकेट लिने आफ्नो खेलाडी रहेपनी फाइनल जित्न सकेन । भारतले हार्नुका प्रमुख पाँच कारण यस प्रकार छन् ।
५. हेड र लाबुसेनको साझेदारी तोड्न नसक्नु

भारतलाई खेल जित्न अष्ट्रेलियालाई अल आउट गर्नु पर्ने हुन्थ्यो । भारतले सुरुवातमै वार्नर ७, मिचेल मार्श १५ र स्टिभ स्मिथलाई ४ रनमा आउट गरेपछि ७ ओभरमा ४७-३ को अवस्थामा पुर्याएको थियो ।
यो अवस्थामा थप दुई विकेट लिएको भए भारत जित्न सक्थ्यो । किनभने यी दुई जोडीपछी ब्याटरको रुपमा म्याक्सवेल र जोश इंग्लिस थिए । त्यसपछि बलर आउथे ।
तर लाबुसेन र हेडले १ सय ९२ रनको सानदार शतकिय साझेदारी गर्दै सहज जित दिलाए । स्कोर बोर्डमा धेरै रन नहुदा एउटा सानो साझेदारी भारतलाई भारी पर्ने पक्का थियो । यी दुइ साझेदारी तोड्न नसक्नु हारको एक कारण हो ।
४. रोहित उत्कृष्ट क्याचको सिकार हुनु

भारतलाई ओपनर रोहित शर्माले सानदार सुरुवात दिलाएका थिए । रोहितले ठुलो योगफलको सम्भावना देखाएका थिए । तर स्पिनर ग्लेन म्याक्सवेलको दशौं ओभरको चौथो बलमा ठुलो शर्ट खेल्ने धुनमा कभरमा रोहित ४७ रनमा क्याच आउट भए ।
हेडले लामो दौडका साथ ड्राइभ हान्दै उत्कृष्ट क्याच लिए । त्यो नै खेलको प्रमुख टनिङ प्वाइन्ट थियो । रोहितले ३१ बलमा ४ चौका र ३ छक्का हाने । रोहितपछी कुनै पनि ब्याटरले खुलेर रन बनाउन सकेनन् । अर्को बाउन्ड्री प्रहार गर्न ९७ बल पर्खिनु परेको थियो ।
३. स्कोर बोर्डमा रन कम हुनु

भारतको हारमा बलरलाई दोष दिने ठाउँ छैन । किनभने भारतले बनाएको रन जितको लागि पर्याप्त थिएन । ओडिआईमा २ सय ४० रन मध्यम योगफल मानिन्छ । भारतले विशाल योगफल बनाउन कुनै एक ब्याटरले ठुलो इनिङ खेल्नु पर्ने थियो ।
यस अघि भारतका शिर्षक्रमका ब्याटरले ठूलो इनिङ खेल्दै आएका थिए । तर फाइनला शिर्षक्रम चलेन । मध्यक्रम र तल्लोक्रमका ब्याटरले राम्रो गर्न सकेनन् ।
अष्ट्रेलिया च्याम्पियन टोली हो । उस्लाई दबाबमा राख्न स्कोर्ड बोर्डमा रन पर्याप्त थिएन । सुरुवातमा विकेट गुमाएपनी नेटरनरेटको दबाब कुनैपनी समय रहेन । त्यसैको कारण हार्यो ।
२. बाउन्ड्रीको जोखिम नलिनु

रोहित शर्मा बाहेक कुनैपनी ब्याटरले बाउन्ड्रीको जोखिम लिन सकेनन् । लोकेश राहुलले १ सय ७ बल खेलेपनि १ चौका मात्रै हानेका थिए । विराटले ६३ बलमा ४ चौका हानेका थिए । सुर्य कुमार यादवले १८ बलमा १ चौका हानेका थिए ।
भारतले दशौं ओभरको अन्तिम बलमा चौका हानेपछि अर्को बाउन्ड्री हान्न ९८ बल पर्खिनु परेको थियो । रोहितले ३१ बलमा ४ चौका र ३ छक्का हाने । रोहित बाहेक कुनैपनि ब्याटरले छक्का हान्न सकेनन् ।
भारतीय ब्याटरले पुरै ५० ओभर खेल्दा खेलमा कुल १३ चौका ३ छक्का हानेका थिए । उता अष्ट्रेलिया ट्रविस हेडले एक्लै १५ चौका र ४ छक्का हानेका थिए ।
पार्टटाइम स्पिनर हेड र तिव्र गतिका बलर मिचेल मार्शको बलमा समेत रन जोड्न डराएको थियो । बाउन्ड्रीले बलरलाई र डट बलले ब्याटरलाई दबाब बढाउछ । तर चौका र छक्का प्रहार गर्न भारतीय ब्याटर डराएका थिए । त्यसैको कारण विशाल योगफल बनाउन सकेन । मौका आएको बलमा पनि जोखिम नलिनु हारको कारण थियो ।
१. दबाबमा खेल्न नसक्नु र प्याट कमिन्सको उत्कृष्ट कप्तानी

भारतको सबैभन्दा ठूलो कमजोरी नै दबाबमा खेल्न नसक्नु हो । भारतले प्रतियोगिताभर सानदार क्रिकेट खेलेको थियो । तर फाइनल अन्य खेल जस्तो हुँदैन । दबाब नै बढि हुन्छ । उक्त दबाबमा भारतले राम्रो गर्न सक्दैन । त्यही गल्तिको कारण पुन हार्यो ।
भारतले सुरुवात पनि विस्फोटक गरेको थियो । सुरुवाती १० ओभरमा २ विकेट गुमाउदै ८० रन बनाएको थियो। प्याट कमिन्सको ११ औं ओभरको दोस्रो ओभरमा श्रेयस ऎर एज लागेर विकेटकिपरबाट क्याच आउट भए ।
त्यसपछि भारतले कुनैपनी समय खेलमा हाबी हुन सकेन । लगातार विकेट बचाउने धुनमा गएको थियो । बाउन्ड्री प्रहार गर्न झन्डै एक सय बल पर्खिनु परेको थियो ।
उता अष्ट्रेलियाले सुरुवातमा ४७-३ भएपनि कमजोर बललाई लगातार चौका र छक्का हानेको थियो। च्याम्पियन बन्न दबाबमा राम्रो खेल्नुपर्छ । जुन भारतले सकेको छैन । भारतमा कोहली, राहुल, रोहित र बुमराह जस्ता स्टार खेलाडी छन् । तर फाइनलमा यी सबैको प्रदर्शन सधैं अपेक्षा भन्दा खराब हुन्छ ।

अर्को तर्फ प्याट कमिन्सको उत्कृष्ट कप्तानी भारतको हारको प्रमुख कारण हो । कमिन्सले टस जितेर फिल्डिङ रोजेपछी धेरैले कमिन्सको आलोचना गरेका थिए । तर कमिन्सले किन टस जितेको प्रमाणित गरेर देखाए ।
बलिङ परिवर्तन र फिल्डिङ सजावट उत्कृष्ट थियो ।
अष्ट्रेलियाले सेमिफाइनल र फाइनलमा सानदार फिल्डिङ गरेको थियो । हरेक भारतीय ब्याटरको कमजोरी अनुसार बलिङ गर्दै फिल्डिङ लगाएका थिए । त्यसैको कारण भारतीय ब्याटर खुलेर खेल्न सकेनन् ।
अष्ट्रेलिया जितमा कमिन्सको कप्तानी पनि उत्कृष्ट रह्यो । प्रतियोगिता लिगमा आलोचना खेप्दै आएका उनले फाइनलमा भने कप्तानी र बलिङ दुबै राम्रो गरे ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]