default_image

2 years ago

December 3, 2023

नेपालकी रशिला एसिया ट्रेल मास्टरमा च्याम्पियन

1140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अल्ट्रा धाविका रशिला तामाङ इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को च्याम्पियन बनेकी छिन् ।

शनिबार भएको स्पर्धामा नेपालकी रशिला महिला ७७ किलोमिटर सेन्ट्रल जाभा इन्डोनेसिया सिक्सोरोगो लाउ अल्ट्रा दौडमा च्याम्पियन बनेकी हुन् । उनले निर्धारित ७७ किमि दुरी १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरिन् ।

च्याम्पियन बन्ने क्रममा रशिलाले ३२५० मिटर अग्लो माउन्ट लाउबाट भान्जालाई उछिनेर अघि बढिन् । त्यसपछि त्यही गति कायम राखेकी उनले झन्डै ७ मिनेटले उनलाई पछि पार्दै उपाधि जित्न सफल भइन् । सन् २०१५ देखि शुरु भएको यो एसिया ट्रेल मास्टर (एटिम) जित्ने उनी पहिलो नेपाली धाविका बनिन् ।

सिंगापुर–बेल्जियमकी भान्जा कनोप्स दोस्रो भइन् । उनले निर्धारित दुरी १२ घन्टा ३२ मिनेट १६ सेकेन्डमा पुरा गरिन् । गत वर्ष माउन्ट एपोमा तेस्रो भएकी भान्जा कनोप्सको यो उत्कृष्ट नतिजा हो ।

फिलिपिन्सकी एन्जेली काबालोले निर्धारित दुरी १४ घन्टा ३ मिनेट ३७ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरिन् । इन्डोनेसियाकी सिन्डी प्याट्रिसिया चौथो तथा इन्डोनेसियाकै सिटी नुराइनी पाँचौ भइन् ।

पछिल्लो समय रशिलाले अन्तर्राष्ट्रिय स्तरको अल्ट्रा रेसमा नियमित रुपमा सहभागिता जनाउँदै च्याम्पियन समेत बनिरहेकी छिन् । उनी गत महिना मलेसियामा आयोजना भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो भएकी थिइन् ।

स्विट्जरल्याण्डमा भएको यूटीएमआरमा लगायतमा पहिलो भएकी रशिलाले चीनमा भएको जिओजी माउन्टेन क्रसिङ कम्पिटिसन, नेपालमा युनिभर्सिटी च्याम्पियनसिप, गोदावरी रनिङ फेस्टिभल र हिमालयन आउटडोर र ४२ किमीको एभरेष्ट म्याराथनलगायतमा सहभागिता जनाईसकेकी छिन् ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.