2 years ago
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा नेपाल र चीनको यू–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भएको भेटवार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष तथा महोत्सवमा नेपाल र चीनको चोङ चीन प्रान्तको व्यवसायिक र यसु फुटबल टिमको यु–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना गर्ने सन्दर्भमा प्रारम्भिक छलफल भएको छ ।
महोत्सवका अवसरमा साँस्कृतिक आदान–प्रदानलगायत विविध कार्यक्रम पनि हुनेछ । राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले मैत्रीपूर्ण फुटबल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गराउन प्रस्ताव गरेका छन् । साथै टोलीले दशरथ रंगशालाको पनि अवलोकन गरेको छ ।

सदस्य–सचिव घिसिङले राजदूतावासका काउन्सुल फर कन्सुलर अफेयरका वाङ दोङको नेतृत्वमा आएको प्रतिनिधि मण्डलललाई आफ्नै कार्यकक्षमा स्वागत गर्दै टोलीको प्रस्तावमा आफू सकरात्मक रहेको बताउदै कार्यक्रमलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम चिनियाँ राजदूतावासको आयोजनामा हुने लागेकाे हो ।
भेटका अवसरमा दूतावासका प्रहरी सम्पर्क अधिकारी चेन हान, ओभरसिज चाइनिज एसोसिएसन अफ नेपालका अध्यक्ष जिन छियो दोङ, उपाध्यक्ष गु यिङ मिन, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेम बहादुर मल्ल, सामान्य प्रशासन शाखाकी प्रमुख शारदा दाहाललगायतको उपस्थिति रहेको थियो ।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]