2 years ago
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रेडियन्ट पब्लिक र रातो बंगलाले २९औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । रेडियन्ट ब्वाइज तथा रातो बंगला गल्र्समा च्याम्पियन बने ।

बुङमतिस्थित आयोजक ज्ञानोदयको कोर्टमा भएको ब्वाइज फाइनलमा रेडियन्टले आयोजक ज्ञानोदयलाई ५४–४१ ले पराजित ग¥यो । रेडियन्टका सन्तोष शर्माले २२ अंक जोडे ।
गल्र्समा पनि रेडियन्ट फाइनलमा पुगेको थियो । गल्र्समा भने रेडियन्ट चुक्यो । उपाधि भिडन्तमा रातो बंगलाले रेडियन्टलाई ४३–१९ ले हरायो । रातो बंगलाकी अन्शु उरावले २६ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सन्तोष र अन्शु आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई ज्ञानोदयकी संस्थापिका प्रिन्सिपल इन्दिरा याक्थुम्बा, ज्ञानोदयका भाइस प्रिन्सिपल भानु ए, रेडियन्ट पब्लिकका प्रिन्सिपल सूर्यबहादुर केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
मंसिर १५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । ज्ञान कार्निभल विद्यालयस्तरीय प्रतियोगिता मध्येको सबै भन्दा पुरानो प्रतियोगिता मध्येको एक हो । ज्ञान कार्निभल सन् १९९४ देखि सुरु भएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]