2 years ago
January 11, 2024
सुर्खेत (हाम्रो खेलकुद) – विभागी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो । यससँगै गण्डकीले समूह चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । गण्डकीले समूह चरणमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको थियो ।
कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार प्रतिस्पर्धात्मक चलेको पहिलो सेटमा गण्डकीले २५–२२ को जित निकाल्न सफल भयो । यो सेटमा आर्मी अधिकांश समय अग्रतामा रहेपनि गण्डकीले पूनरागमन जित निकाल्न सफल भयो ।
दोस्रो सेट रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो । बराबरीकै अवस्थाबाट अन्तिम समयमा गण्डकी सेट प्वइन्टमा पुगेपनि आर्मीले पूनरागमन गर्दै २६–२४ को जित निकाल्दा खेल १–१ सेटको बराबरीमा पुग्यो ।
तेस्रो सेट पनि उस्तै प्रतिस्पर्धात्मक बन्दा यसपटक गण्डकीले २६–२४ ले बाजी मार्यो । २४–२४ को बराबरीबाट गण्डकीका लागि स्पाइकर रवि केसीले लगातार दुई अंक दिलाएपछि जित निकाल्न सफल भयो । दवावका बीच रविले गण्डकीलाई महत्वपूर्ण अंक दिलाउन सफल भए ।
चौथो सेटमा भने गण्डकीले राम्रो सुरुवात गर्दै खेललाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राख्न सफल भएपनि अन्तिम समयमा आर्मीले कडा चुनौती दिदा खेल रोमाञ्चक बन्दा गण्डकी २५–२२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
गण्डकीले एक समय १२–६ त्यसपछि १८–९ को आरामदायी अग्रता लिएपनि आर्मीले पूनरागमन प्रयास गर्दै खेलको २०–१७ को स्थितिमा पुगेको थियो । त्यसपछि पनि खेल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्यो । आर्मीले खेल २४–२२ को स्थितिमा ल्याएपनि त्यसपछि गण्डकीले १ अंक बटुल्दै जित निकालेर तेस्रो स्थान हासिल गर्न सफल भयो ।
आज नै उपाधिका लागि दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपिएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेको थियो ।
२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेसमफाइनल खेलेका थिए ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]