default_image

6 months ago

January 19, 2024

उपाधि दाबेदार जापान इराकसँग स्तब्ध

2994 views

0 Bookmark

एजेन्सी – एएफसी एसियन कप उपाधिको बलियो दाबेदार मानिएको जापान समूह चरणको दोस्रो खेलमा इराकसँग स्तब्ध भएको छ ।

शुक्रबार साँझ एजुकेसन सिटी स्टेडियममा भएको दिनको पहिलो खेलमा इराक २-१ ले विजयी भयो । इराकका लागि अइमान हुसेनले दुवै गोल पहिलो हाफमा गरे ।

दोस्रो हाफको इन्ज्युरी समयमा वातारु एन्डोले गोल फर्काएपनि खेलको नतिजा बदल्न पर्याप्त रहेन । खेल अवधिभर जापानले धेरै बल पोसेसन राखेपनि काउन्टर अट्याकमा भर परेको इराकले जित दर्ता गर्यो ।

खेलको पाँचौं मिनेटमा नै इराकले अप्रत्याशित अग्रता लियो । बक्सको बायाँ तर्फबाट आएको क्रस जापान गोलरक्षक जियन सुजुकीले रोक्न खोज्दा हुसेनको अगाडि पुग्यो । उक्त अवसरमा हुसेनले सहजै गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा अहमद याहयाको क्रसमा हुसेनले हेडर मार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा जापानले खेलमा फर्कन पटक पटक प्रयास गरेपनि इराकी डिफेन्स लगातार बाधक बनिरह्यो । इन्ज्युरी समयको तेस्रो मिनेटमा भने जापानले फर्कने संकेत देखायो । कर्नरमा गोलरक्षकले बल समात्न नसक्दा वातारु एन्डोले सहजै गोल गर्दै स्कोर २-१ को अवस्थामा ल्याए ।

पहिलो खेलमा इन्डोनेसियाविरुद्ध जित निकालेको इराक २ खेलमा ६ अंक सहित समूहको शीर्षस्थानमा छ । जापान भने दुई खेलमा ३ अंकसहित दोस्रो स्थानमा छ । १-१ खेल खेलेका भियतनाम र इन्डोनेसिया अंक विहिन छन् । यी दुई टोली आज रातको ८:१५ बजे भिड्ने छन् ।

समूहका अन्तिम खेलमा जापानले इन्डोनेसियाविरुद्ध खेल्दा इराकले भियतनामको सामना गर्ने छ ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.