default_image

2 years ago

February 1, 2024

उत्कृष्ट बलिङसंगै गण्डकीलाई हराउँदै आर्मी फाइनलमा  

1742 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अन्तिम खेलमा गण्डकी प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आर्मीले गण्डकी प्रदेश माथि ६८ रनको रोमाञ्चक जित हासिल गर्दै नेपाल पुलिस क्लब विरुद्धको फाइनल भेट पक्का गरेको हो ।

१३२ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश २३.४ ओभरमा ९ विकेट गुमाएर ६४ रनमा आफ्नो इनिङ समापन गर्यो । पहिलो इनिङमा फिल्डिङ गर्ने क्रममा घाइते भएका कमल परियार ब्याटिङ गर्न आउन सकेनन् ।

गण्डकीका लागि इश्वर छेत्रीले सर्वाधिक १६ रन बनाए । यस्तै करन पंगेनीले १५ रन बनाए । यी दुई ब्याटर बाहेक अन्य ब्याटरले सोहोरो अंक समेत छुन सकेनन् ।  आर्मीका लागि शाहब आलमले ७ ओभरमा १७ रन खर्चिंदै ४ विकेट लिए । यस्तै जितेन्द्र मुखिया र कुशल मल्लले समान दुई-दुई विकेट लिए ।     

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको आर्मीले ३९.१ ओभरमा सबै दश विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो ।   

आर्मीको नियमित अन्तरालमा विकेट खसेपछि ठुलो स्कोर बनाउनबाट बन्चित हुन पुयो । आर्मीका ओपनर इमरान शेख सर्वाधिक ६४ बलमा ३ चौका र १ छक्का सहित ३४ रन बनाए । 

यस्तै सोमपाल कामीले ३९ बल खेल्दै २३ रन प्रहार गरे ।  यस्तै कप्तान बिनोद भण्डारीले ४६ बल खेल्दै १९ रन बनाउँदा कुशल मल्लले १० बलमा २ छक्कासहित १५ रन बनाए । भिम शार्की १० रनमा आउट भए । शाहब आलम १२ रनमा नटआउट रहे । 

आर्मीलाई सस्तैमा समेट्न गण्डकीका बिपिन खत्रीले १० ओभरमा ५ मेडन सहित २८ रन खर्चेर २ विकेट लिए । यस्तै कृष्ण पौडेल, अमृत गुरुङ र कमल परियारले पनि दुई-दुई विकेट नै लिए । सन्दिप पराजुली र रोशन गौतमले समान एक-एक विकेट लिन सफल भए ।   

गण्डकी ९ खेलमा २ जित सहित ४ अंक बनाउँदै प्रतियोगिताबाट अन्त्य गरेको छ । आर्मीको भने ९ खेलमा १४ अंक सहित दोस्रो भएको छ । पहिलो स्थान सुनिश्चित गरिसकेको नेपाल पुलिस क्लबको ८ खेलमा १६ अंक छ । पुलिस अहिले आफ्नो अन्तिम खेल मुलपानीमा सुदूरपश्चिम प्रदेश विरुद्ध खेल्दै छ ।   

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.