default_image

2 years ago

February 12, 2024

गौरिका र नासिरद्वारा नयाँ राष्ट्रिय कीर्तिमान

1165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जलपरी गौरिका सिंह र पौडीवाज नासिर याहा हुसेनले विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिप दौरान साेमबार गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको पुरानो किर्तिमान भंग गरेकी हुन् । नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले निर्धारित दुरी १ मिनेट ५ दशमलव ४७ सेकेन्डमा पूरा गरिन् ।

यसअघि गौरिकाले सन् २०२३ मा जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा १ मिनेट ६ दशमलव ८० सेकेन्डको समयसहित कीर्तिमान बनाएका थिए ।

यस्तै नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को किर्तिमान बनाएका हुन् । नासिरले पनि जापानको फुकुवामै भएको विश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनेट ५७ दशमलव २६ सेकेन्डको समयमा ० दशमलव ८७ सेकेन्ड समय सुधार गर्दै १ मिनेट ५६ दशमलव ३९ सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराए ।

यसअघि नासिरले आइतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनेट ५ दशमलव ६५ सेकेन्डको नयाँ किर्तिमान कायम गरेका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.