default_image

5 months ago

February 19, 2024

दीलिप राणा स्मृति भेट्रान फुटबल – अभिषेक चर्च र चितवन निलो विजयी

210 views

0 Bookmark

सुशिल पन्त क्षेत्री, भरतपुर
स्व. दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप सुरु भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा सोमबार सुरु भएको प्रतियोगितामा अभिषेक चर्च रजहर र आयोजक निलोले विजयी सुरुवात गरेको छ ।

पहिलो खेलमा अभिषेक चर्च रजहरले वीरगन्ज सिटी भेट्रानलाई २-१ ले हरायो । अभिषेक चर्चको जितमा हरिप्रसाद पाण्डे र कप्तान सुकलाल तामाङले गोल गरे । वीरगन्जका शिवकुमार चौधरीले गोल फर्काए । अभिषेक चर्चका हरि म्यान अद फि म्याच भए ।

यस्तै आजको दोस्रो खेलमा चितवन निलोले हेटौंडा भेट्रानलाई १-० ले पाखा लगायो । चितवनले उपहार गोलमा जित हात पार्‍यो । चितवनका गोलरक्षक नवराज क्षेत्री म्यान अद दि म्याच भए ।

प्रतियोगितामा मंगलबार ४ खेल हुनेछन् । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.