1 year ago
February 25, 2024
मेचीनगर (हाम्रो खेलकुद) – झापा जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष दिपेश ढकाल चयन भएका छन् । झापाको मेचीनगरमा आज सम्पन्न संघको अधिवेशनले यसअघिका उपाध्यक्ष ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
भद्रपुर झापा गोल्ड कपका अध्यक्ष, झापा उद्योग संघका उपाध्यक्ष लगायत संघसंस्थामा आवद्ध ढकाल भेट्रान्स ब्याडमिन्टन खेलाडी हुन् । संघका निर्वतमान अध्यक्ष ललित तामाङको अध्यक्षतामा भएको अधिवेशनले संघको उपाध्यक्षमा दिपक घिमिरे र कुमार गिरी, कोषाध्यक्षमा दिलु सुब्बा, सचिवमा तीर्थराज ढकाललाई चयन गरेको छ ।
त्यस्तै, सदस्यहरुमा श्रीप्रसाद धिताल, रामअवतार घिमिरे, शैलेन्द्र कुरुम्बाङ, कपिल क्षेत्री, जीवनकुमार श्रेष्ठ र एलपी साँवालाई चयन गरेको अध्यक्ष ढकालले जानकारी दिए । अधिवेशनलाई संघका कोशी प्रदेश सदस्य भवानी आङदेम्बे, प्रकाश राईलगायतले शुभकामना व्यक्त गरेका थिए ।
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]
May 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]
May 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]