default_image

2 months ago

March 2, 2024

आर्मीलाई हराउँदै पुलिस तेस्रो

568 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब संखुवासभाको खादबारीमा जारी मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । शनिबार अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो बन्न सफल भएको हो ।

एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–२३,२५–१७, २५–१७ ले हराएको थियो । पहिलो सेट बाहेक आर्मीले पुलिसलाई चुनौती दिन सकेन । एकै समूहमा रहेका यि दुई टोलीबीचको प्रतिस्पर्धामा पनि पुलिसले आर्मीलाई हराएको थियो । नेपाल एपिएफ क्लब र गण्डकी प्रदेशबीच फाइनल जारी छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना र जिल्ला भलिबल संघको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेता टोलीले ३ लाख, दोस्रोले १ लाख ५० हजार, तेस्रोले ५० हजार र चौथो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ पाउनेछन् ।

May 14, 2024

टाइगर कप भलिबलमा १८ लाख भन्दा बढी बचत

पोखरा (हाम्रो खेलकुद)– गत वर्ष भएको चौथो टाइगर कप आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपबाट १८ लाख रुपैयाँ भन्दा बढी बचत भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको जानकारी दिएको हो । गत माघ १ देखि ७ […]

May 14, 2024

ई स्पोर्ट्स च्याम्पियनसिप र एक्स्पो सुरु हुँदै

काठमाडौँ — चौंथो नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो २०२४ तयारी पूरा भएको छ । भृकुटीमण्डपस्थित एक्स्पो हलमा मंगलबारदेखि सुरु हुने च्याम्पियनसिप तथा एक्स्पो माइस इन्टरनेसनल सर्भिस प्रालि र नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) ले संयुक्त रूपमा आयोजना गनै लागेको हुन् । वैशाख ४ गते सम्म हुने च्याम्पियनसिप तथा एक्स्पोका दौरान नेपाल स्पोर्ट्स कन्क्लेभ तथा स्पोर्ट्स फिटनेस […]

May 12, 2024

आयशासहित ३ तेक्वान्दो खेलाडीले एसियन पुम्से खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका पदक विजेता ३ खेलाडीले भियतनाममा आयोजना हुने आठौं एसियन पुम्से तेक्वान्दोमा प्रतियोगितामा भाग लिने भएका छन् । एसियाली खेलकुदकी कास्य पदक विजेता समेत रहिसकेकी आयशा शाक्यले एसियन पुम्सेलमा ४० वर्ष मुनीको उमेर समूहको व्यक्तिगत पुम्सेमा प्रतिस्पर्धा गर्नेछिन् । विश्व तेक्वान्दो तथा एसियन तेक्वान्दो युनियनको […]

Success

Thank you for your time.