2 years ago
May 14, 2024
पोखरा (हाम्रो खेलकुद)– गत वर्ष भएको चौथो टाइगर कप आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपबाट १८ लाख रुपैयाँ भन्दा बढी बचत भएको छ ।
आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको जानकारी दिएको हो ।
गत माघ १ देखि ७ गते सम्म आयोजना भएको प्रतियोगिताबाट १ करोड २१ लाख ८८ हजार ८ सय ६१ रुपैयाँ आम्दानी भएको बताइएको छ । त्यस्तै प्रतियोगितामा १ करोड ३ लाख ५१ हजार ३ सय ९७ रुपैयाँ खर्च बताएको बताइएको छ । टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगितामा यसपटक विगतमा भन्दा तेब्बर बढी आम्दानी भएको बताएका छन् ।
प्रतियोगितामा टिकट विक्रीबाट मात्र २२ लाख २२ हजार २ सय २२ रुपैयाँ आम्दानी भएको बताइएको छ । स्वदेश तथा विदेश एवं संघ संस्थाबाट ५४ लाख १४ हजार १ सय ३९ रुपैयाँ, मुख्य प्रायोजकबाट १५ लाख रुपैयाँ, राष्ट्रिय खेलकुद परिषदबाट ४ लाख ९२ हजार ५ सय रुपैयाँ सहयोग भएको बताइएको छ ।
त्यस्तै प्रदेश खेलकुद परिषद गण्डकीबाट ५ लाख ७५ हजार, पोखरा महानगर पालिकाले ९ लाख ८५ हजार र मुख्यमन्त्रीको कार्यालय गण्डकी प्रदेशले १० लाख रुपैयाँ सहयोग गरेको आयोजक जानकारी दिएको छ । अध्यक्ष शर्माले बचत भएको रकम सामजिक विकास एवं खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले सहयोगी सबैलाई धन्यवाद दिए ।
चौथो टाइगर कपमा महिला र पुरुष गरी १२ टोलीको सहभागिता थियो । महिलातर्फ एक भारतीय र पुरुषतर्फ एक श्रीलंकन आर्मी टोलीको सहभागिता थियो । टिपटप हेल्प नेपालले पुरुष र एएिएफ क्लबले महिलातर्फको उपाधि जितेको थियो ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]