default_image

2 years ago

March 20, 2024

एपिएफलाई हराउँदै गण्डकी सेमिफाइनलमा

7527 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइरक रवि केसीको सानदार प्रदर्शनमा विभागीय नेपाल एपिएफ क्लबलाई सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको दोस्रो क्वाटरफाइनलमा एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा भने गण्डकीले एकपक्षीय प्रदर्शन गर्दै २५–१७ को सहज जित निकाल्न सफल भयो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको दोस्रो सेटमा गण्डकीले ३०–२८ को जित निकाल्यो । अत्यन्तै रोमाञ्चक बनेको खेलमा गण्डकीले ६ म्याच प्वइन्टमा सफलता हात पारेको हो ।

तेस्रो सेट पनि रोमाञ्चक बन्दा गण्डकीले २५–२३ जित निकाल्न सफल भयो । गण्डकीका रवि केसी केल्मी प्लेयर अफ दि म्याच घोषित भए । उनले केल्मीबाट गिफ्ट ह्याम्पर प्राप्त गरे ।

यस च्याम्पियनिसपमा रवि तेस्राेपटक केल्मी प्लेयर अफ दि म्याच चुनिएका हुन् । यसअघि रवि मणिमुकुन्द र न्युटनविरुद्धकाे खेलमा केल्मी प्लेयर अफ दि म्याच चुनिएका थिए ।

अब गण्डकीले सेमिफाइनलमा साविक विजेता तथा उपाधि दावेदार तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । हेल्प नेपालले आज नै बुढानिलकण्ठ भलिबल क्लबलाई २५–१८, २५–१७ र २५–२३ को सोझो सेटमा पराजित गरि सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

अब बिहीबार दुई क्वाटरफाइनल खेल हुनेछ । बिहीबार पहिलो क्वाटरफाइनलमा पुलिस र कोशी प्रदेश तथा दोस्रो क्वाटरफाइनलमा आर्मी र सुदुरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।

आज नै महिलातर्फ नेपाल पुलिस क्लब र चन्द्रागिरि न्यु डायमण्डले सफलता हात पार्दै आ–आफ्नो समूहको विजेता बनेका छन् । विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई २५–१५, २५–१६ र २५–१९ को सोझो सेटमा हराउँदै पुलिस समूह ‘ए’ को विजेता बन्दा पराजित आर्मी र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन् ।

यो समूहबाट तीन भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लब समूहको उपविजेता बनेको छ । यस्तै मधेश प्रदेशलाई २५–१०, २५–६ र २५–८ को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड समूह बीको विजेता बन्दै एभरेष्टसँगको सेमिफाइनल भेट पक्का गरेको छ ।

अब सेमिफाइनलमा पुलिस र एपिएफ तथा न्यु डायमण्ड र एभरेस्टबीच बिहीबार प्रतिस्पर्धा हुनेछ । महिलातर्फ सेमिफाइनलमा पुगेका पुलिस, न्यु डायमण्ड, एपिएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश शीर्ष ६ टोली भए र अर्काे वर्ष हुने लिगका लागि छनोट भएका छन् ।

पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.