default_image

2 years ago

March 22, 2024

प्रदिप र अभिलाषालाई सहवीर स्मृति खुल्ला लन टेनिस उपाधि

705 views

0 Bookmark

काठमाडमौं (हाम्रो खेलकुद) – प्रदिप खड्का र अभिलाषा विष्ट ‘१२औं सहवीर स्मृति खुल्ला लन टेनिस प्रतियोगिता–२०८० को च्याम्पियन बनेका छन् । प्रदिप पुरुष एकलमा तथा अभिलाषा महिला एकलमा च्याम्पियन बनेकी हुन् ।

सशस्त्र प्रहरी बल (एपिएफ) को प्रधान कार्यालय हल्चोक स्वयम्भुमा शुक्रबार भएकोे पुरुष एकलको फाइनलमा प्रदिपले रितिक रानालाई ६–४, ३–६ र ६–० ले तथा महिला एकलमा अभिलाषाले माहिका राणालाई ६–२ र ६–४ ले पराजित गरी उपाधि जित्न सफल भएका हुन् ।

त्यसैगरी मिक्स डबलमा रितिक राना र अभिलासा विष्टको जोडीले प्रदिप खड्का र माहिका राणाको जोडिलाई ६–४, २–६ र १०–६ ले पराजित गरी उपाधी जिते ।

यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फ अनिल शाहीले भिष्मजंग गुरुङलाई ६–३ र ६–० ले र ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ ईलुम दिक्षित र जितेन्द्र परियारको जोडीले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडिलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि जिते ।

४५ वर्ष भेन्ट्रान्स एकलतर्फ रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले र ४५ वर्षमाथि भेन्ट्रान्स डबल्समा कमल बहादुर भण्डारी र उत्तम शेर्पाको जोडीले देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडिलाई ६–३ र ७–५ ले पराजित गरी उपाधि जितेका छन् ।

यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलमा विमल वाईबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले र ५५ वर्षमाथि भेन्ट्रान्स डबल्समा बिमल वाईबा र हिमाल शाहको जोडीले कमल थापा र छम्बा ढुण्डुपको जोडीलाई ६–३ र ६–४ ले पराजित गरी उपाधि जितेका छन् ।

६५ वर्षमाथि भेन्ट्रान्स एकलमा कमल थापाले मनोज राणालाई ४–१ र ४–२ ले र इन्टर गभरमेन्ट डबलतर्फ उत्तम बोगटी र अमित गुरुङको जोडीले बिक्रम गुरुङ र चन्द्र बहादुर थापाको जोडीलाई ६–२, २–६ र १०–७ ले पराजित गरी उपाधि जितेका छन् ।

विजयी टोली तथा खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शिल्ड, प्रमाण–पत्र तथा नगद पुरस्कार प्रदान गरे । महानिरीक्षक अर्यालले प्रतियोगिता संचालनमा सहयोग पु¥याउने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरे ।

महानिरीक्षक अर्यालले संगठनले आफ्नो स्थापना कालदेखि नै बिभिन्न खेलकुद गतिविधिहरु निरन्तर रुपमा संचालन गर्दै आईरहेको बताउनुहुँदै प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने विभिन्न खेलकुद संघ संस्था, प्रशिक्षक, अफिसियल तथा महानुभावहरुप्रति आभार प्रकट गरे ।

४ चैतबाट शुरु भएको ११ वटा इभेन्ट्समा कुल १ सय ६२ जना सहभागी रहेको प्रतियोगिताका खेलहरु नेपाल एपीएफ क्लबको लन टेनिस कोर्ट हल्चोक र दशरथ रंगशालास्थित लनटेनिस कोर्टमा संचालन भएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल, नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा लगायत बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.