default_image

2 years ago

March 22, 2024

न्यू डायमण्डलाई हराउँदै एपिएफ तेस्रो

1650 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टिमलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ क्लबले आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।

डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले तेस्रो स्थान हासिल गरेको हो । यस जितसँगै एपिएफले समूह चरणका भोगेको हारको बदला लिएको छ । समूह चरणमा एपिएफ ३–१ को सेटमा पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्यो । एक समय ६ अंकले पछि परेको डायमण्डले पूनरागमन प्रयास गरेपनि एपिएफले त्यसलाई रोक्दै सेट आफ्नो पक्षमा पार्यो ।

दोस्रो सेट डायमण्डले २५–२३ ले जित्दै खेललाई बराबरीमा ल्याए । तेस्रो सेटमा एपिएफले २५–१४ को एकपक्षीय जित निकाल्दा चौथो सेटमा पनि २५–२१ सहज जित हात पार्यो । एपिएफकी स्पाइकर सरस्वती चौधरी केल्मी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले केल्मीबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

महिलातर्फको उपाधिका लागि शनिबार विभागीय नेपाल पुलिस क्लब र एभरेस्ट भलिबल क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । एभरेस्टले राष्ट्रिय टोलीका कप्तान अरुणा शाहीसहित तीन भारतीय खेलाडीलाई टोलीमा समेटेको छ ।

आज नै पुरुषतर्फ दुई सेमिफाइनल हुनेछ । पहिलो सेमिफाइनलमा साविक विजेता तथा उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश तथा दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ सेमिफाइनलमा पुगेका पुलिस, न्यु डायमण्ड, एपिएफ र एभरेस्टसँगै आर्मी र कर्णाली प्रदेश शीर्ष ६ टोली भएर अर्काे वर्ष हुने लिगका लागि छनोट भएका छन् ।

पुरुषतर्फ हेल्प नेपाल, एपिएफ, पुलिस, आर्मीसँगै कोशी, सुदुरपश्चिम, बुढानिलकण्ठ र गण्डकी अर्काे वर्ष हुने आठौं एनभिए महिला तथा पुरुष भलिबल लिगको लागि छनोट भएका छन् । नेपाल भलिबल संघका अनुसार महिलामा शीर्ष ६ टोली र पुरुषमा शीर्ष ८ टोली लिगका लागि छनोट हुनेछन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.