default_image

2 years ago

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

2481 views

0 Bookmark

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । हङकङलाई अन्तिम दुई ओभरमा जितका लागि १६ रन आवश्यक थियो । अविनाश बोहोराको १९औ ओभरमा एक चौकासहित ८ रन आएपछि हङकङलाई अन्तिम ओभरमा ८ रन चाहिएको थियो ।

ललित राजवंशीको अन्तिम ओभरको पहिलो बलमा नसरुल्लाहले पहिलो बलमा चौका प्रहार गरे भने दोस्रो बलमा २ रन प्रहार गरे । त्यसपछिको बलमा पनि २ रन प्रहार गर्दै हङकङले जित हासिल गर्यो ।  

हङकङको जितमा अंशुमन रथले ५० बलमा ४ चौका र २ छक्का प्रहर गर्दै ६५ रनको नटआउट इनिङ खेले । अर्कोतर्फ नस्रुल्लाह ८ बलमा ११ रनमा नटआउट रहे । 

यस्तै बबर हायतले २५ बलमा २ छक्का प्रहार गर्दै २६ रन जोडे । एइजाज खानले १० बलमा १२ रन बनाए । नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३३ रन दिँदै ३ विकेट लिए । यस्तै दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए ।  

त्यसअघि पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले टस जितेर ब्याटिङ गर्दै  आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको हो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । एक समय ९८-८ को अवस्थामा रहेको नेपाली इनिङलाई अन्त्य तिर दीपेन्द्रले उकासेका थिए ।

नेपालको सुरुवात पुनः राम्रो रहन सकेन । नेपालका ओपनर कुशल भुर्तेल आज लगातार दोस्रो खेलमा डक आउट भए । इनिङको दोस्रो बलमा उनी आयुष शुक्लाको द्वारा विकेटकिपर जिशन अलीको हातबाट क्याच आउट भए ।

तेस्रो नम्बरमा क्रिजमा आएका सोमपाल कामी ७ बलमा २ चौका सहित १२ रन बनाएर तेस्रो ओभरमा आयुषकै बलमा आदिर गोरावाराको हातबाट क्याच आउट भए । अर्का ओपनर आसिफ शेख पनि पाचौं ओभरमा ११ बलमा ५ रनमा आयुषकै शिकार बने ।

आठौँ ओभरमा कप्तान रोहित पौडेल पनि पेभेलियन फर्किए । रोहित आठौँ ओभरमा अतिक इकबालको बलमा आउट हुनुअघि १९ बलमा २ चौका सहित २१ रन जोडे ।

कुशल मल्ल पनि १३ रन मात्र बनाएर यासिम मुर्तजाको बलमा आउट हुन पुगे । त्यसपछिका दुई ब्याटर सन्दिप जोरा र गुलशन झा १४औ ओभरमा लगातार दुई बलमा क्रमश: २२ र ६ रन बनाएर रनआउट भए । करण केसी पनि ३ रन मात्र बनाएर एहसान खानको बलमा एलबिडब्लुमा फसे । दीपेन्द्र र ललित राजबंशी नटआउट रहेका थिए । ललितले ३ बलमा २ रन बनाए ।

हङकङका लागि आयुष शुक्लाले ३ विकेट लिए भने अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १-१ विकेट लिए ।

इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ । हङकङ सहित फाइनल पुगेका ओमान र युएई सो प्रतियोगितामा छनोट भएका हुन् । 

नेपालको उपाधि आकांक्षा सहित लगातार दोस्रो पटक एसिया कप खेल्ने लक्ष्यमा युएई हिजो बाधक बनेको थियो । प्रिमियर कपको विजेताले एसिया कप खेल्नेछ। युएई विरुद्ध ६ विकेटले पराजित भएसँगै साविक विजेता नेपालको उपाधि यात्रा अघि बढ्न सकेन ।

उता हङकङ भने घरेलु टोली ओमान विरुद्ध हिजो नै ५ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । हङकङ र नेपाल यस अघि यसै प्रतियोगितामा समूह चरणमा भिडेका थिए । सो खेल नेपालले ८ विकेटले जितेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.