default_image

2 years ago

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

1320 views

0 Bookmark

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो ।

पहिलो सेट २५–२१ ले जितेको स्याङ्जाले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै उपाधितर्फ लम्कियो । तर, त्यसपछि स्याङ्जाको प्रदर्शन फितलो बन्न पुग्दा नतिजा नै नवलपुरलाई सुम्पन पुग्यो ।

तेस्रो सेट २५–१६ ले जित्दै खेलमा फर्किएको नवलपुरले चौथो सेट २५–२१ ले जित्दै खेलदलाई पाँचौं सेटमा लम्ब्याए । निर्णायक सेटमा पनि सानदार प्रदर्शन गर्दै नवलपुर १५–११ ले अघि रहँदै उपाधि जित्न सफल भयो ।

महिलातर्फ पर्वतले म्याग्दीलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट २५–२२ ले जित्यो । दोस्रो सेटमा पर्वत २५–२३ ले विजयी भयो ।

तेस्रो सेटमा म्याग्दी २५–२३ ले विजयी हुँदा चौथो सेटमा पर्वत २५–१४ ले विजयी हुँदा खेल पाँचौ सेटमा लम्बियो । निर्णायक तथा पाँचौं सेटमा पर्वत १६–१४ ले विजयी हुँदै च्याम्पियन बन्न सफल भयो ।

उपाधिसँगै नवलपुर र पर्वतले समान १ लाख रुपैयाँसँगै कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता स्याङ्जा र म्याग्दीले ७५ हजार रुपैया, कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

तेस्रो भएको म्याग्दी र स्याङ्जाले ५० हजार रुपैयाँ प्राप्त ग¥यो । पुरुषमा म्याग्दीले तनहुँलाई ३–२ को सेटमा तथा स्याङ्जाले कास्कीलाई हराएर तेस्रो स्थान हासिल गरेको थियो ।

पुरुषतर्फ नवलपुरका हिमाल सुनारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुषतर्फ स्याङ्जाका सञ्जुविक्रम शाह स्पाइकर, नवलपुरका दानबहादुर गाहा सेटर, म्याग्दीका देवेन्द्र बुढा मगर सर्भर, नवलपुरका सरोज बर्देवा ब्लकर, स्याङ्जाका राजन दर्लामी मगर लिवेरो र नवलपुरका राम नारायण महतो उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले समान ५ हजार रुपैयाँसँगै ट्रफी र प्रमाया प्राप्त गरे ।

महिलामा पर्वतकी रिमा कुँवर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

म्याग्दीकी रञ्जना बोटे उत्कृष्ट स्पाइकर, पर्वतकी विना पुलामी सेटर, स्याङ्जाकी सोइङ थापा सर्भर, म्याग्दीकी मनिषा तिलिजा ब्लकर, स्याङ्जाकी जायरा निशा लिवेरो र पर्वतका जगदीश सुवेदी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले समान ५ हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विजयी टोली तथा खेलाडीलाई प्रदेश खेलकुद विकास परिषद गण्डकीका सदस्यसचिव श्रीधर शर्मा र नेपाल भलिबल संघका उपाध्यक्ष गौतम प्रसाद लासिवालगायतले पुरस्कृत गरे ।

१० बैशाखबाट शुरु भएको प्रतियोगितामा पुरुष र महिलातर्फ गण्डकी प्रदेशका समान १० जिल्लाको सहभागिता रहेको थियो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो ।

प्रदेश खेलकुद विकास परिषद गण्डकीको आयोजनामा भएको प्रतियोगितालाई जिल्ला खेलकुद विकास समिति गोरखा, जिल्ला भलिबल संघ गोरखाले समन्वय गरेको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.