default_image

1 week ago

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

993 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।
एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ ।

एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक हराउन सफल भएको हो ।

गुडसन पार्कमा भएको खेलमा जरार्ड ब्रान्टह्वाइटले २७ औं मिनेटमा पहिलो गोल गरे । डोमिनिक क्लेभर्ट–लेविनले ५८ औं मिनेटमा गोल गरेका हुन् ।

अर्को खेलमा पूनरागमन जित निकालेको म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ४-२ ले पराजित गर्‍यो । युनाइटेड दुई पल्ट पछाडि रहेर खेलमा फर्केन सफल भएको हो ।

बर्नमाउथले उल्भ्सलाई १-० र क्रिस्टल प्यालेसले न्युकासल युनाइटेडलाई ४-२ ले हराएको छ ।

३४ खेलपछि दोस्रो स्थानको लिभरपुलको ७४ अंक छ। समान खेलमा ७७ अंक आर्सनल शीर्षस्थानमा छ। दुई खेल कम खेलेको म्यानचेस्टर सिटीको ७३ अंक छ। छैटौं स्थानमा रहेको युनाइटेडको ५३ अंक छ।

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

Success

Thank you for your time.