default_image

3 months ago

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

537 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले दुई गोल गरे ।

जित सँगै समाज कल्याण ६ खेलमा ९ अंक सँगै चौथो स्थानमा उक्लिएको छ भने पराजित साँगाको पनि समान ६ खेलमा ९ अंक सहित पाँच स्थानमा रहेको छ ।

शुक्रबार नै भएको दिनको दोस्रो खेलमा आरसी ३२ ले स्वयम्भू क्लब विरुद्ध १-० को झिनो अन्तरको जित दर्ता गर्यो । आरसी ३२ का लागि खेलको एकमात्र गोल बबिन बोहोरले गरे ।

आरसी ३२ आजको जित सँगै ६ खेलमा १४ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । स्वयम्भू भने ६ खेलमा १४ अंक सहित १३औं रहेको छ ।

सि डिभिजन लिगमा आउँदो आईतवार दुई खेल हुँदै छन् । दिनको १ बजे हुने पहिलो खेलमा बागमती युथ क्लब र मनोहरा युनाइटेड भिड्ने छन् भने ४ बजे हुने दोस्रो खेलमा महावीर क्लब र गोलबजार स्पोर्ट्स क्लब भिड्ने छन् ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.