2 years ago
April 25, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई सेट गुमाउन पुग्दा पाँचौं सेटमा बाजी मार्यो ।
पहिलो र दोस्रो सेटमा चुनौती दिएपनि सेट सुम्पिएको आर्मीले तेस्रो र चौथो सेटमा सुधारिएको प्रदर्शन गर्दै खेललाई पाँचौं सेटमा लम्ब्याएपनि जित निकाल्न सकेन ।
पहिलो र दोस्रो सेट समान २५–२३ र २५–२३ ले जितेको एपिएफले त्यसपछिको दुवै सेट १३–२५ र १४–२५ ले गुमाउन पुगेको थियो । निर्णायक तथा पाँचौं सेट एपिएफले १५–९ को सहज जित निकाल्यो । एपिएफकी स्पाइकर निरुता ठगुन्ना प्लेयर अफ दि म्याच भइन् । उनले ट्रफीसँगै १५ हजार रुपैयाँ प्राप्त गरिन् ।
जितसँगै एपिएफको २ खेलबाट ५ अंक पुगेको छ । पराजित आर्मीको दुई खेलबाट १ अंक छ । साविक विजेता चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमको १ खेलबाट ३ तथा समान खेलबाटै पुलिसले अंक जोड्न सकेको छैन । न्यु डायमण्ड र पुलिसबीच केही समयपछि खेल हुनेछ ।
पहिलो दिन बुधबार न्यु डायमण्डले आर्मीलाई तथा एपिएफले पुलिसलाई समान ३–१ को सेटमा पराजित गरेको थियो । शुक्रबार पुलिस र आर्मी तथा न्यु डायमण्ड र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।
राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल र पुछारका दुई टोलीले तेस्रो स्थानको लागि खेल्नेछन् । फाइनल शनिबार हुनेछ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बुधबारबाट शुरु भएको प्रतियोगितामा नेपालका शीर्ष चार टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ। दोस्रो टोलीले २ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसपटक विजेताले गत वर्ष भन्दा १ लाख ९९ हजार रुपैयाँ बढी प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार र हरेक खेलको प्लेयर अफ दि म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप), प्रदेश खेलकुद परिषद बागमती प्रदेश र विभिन्न कर्पोरेट हाउसहरुले सहयोग गरेका छन् । पुरस्कार राशि १३ लाख रुपैयाँ बढी रहेको प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेको छ ।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]