default_image

2 weeks ago

April 27, 2024

एपिएफ र पुलिस महिला भलिबल उपाधिका लागि भिड्दै

303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागिय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज एकअर्काको सामना गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा जारी प्रतियोगितामा शनिबार दिउँसो २ः०० बजे एपिएफले पुलिसको सामना गर्नेछ । साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टोली भने यसपटक फाइनल पुग्नबाट असफल रह्यो ।

लिग चरणको तेस्रो तथा अन्तिम खेलमा न्यु डायमण्डलाई ३–२ को सेटले हराउँदै एपिएफ फाइनल पुगेको थियो । गत वर्ष न्यु डायमण्ड र एपिएफबीच फाइनल भएको थियो ।

प्रतियोगिताको पहिलो दिन लिग चरणको खेलमा एपिएफले पुलिसलाई ३–१ ले हराएको थियो । सोही दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै न्यु डायमण्डले जितबाट यात्रा सुरु गरेको थियो ।

एपिएफसँग पहिलो खेल गुमाएपनि त्यसपछि न्यु डायमण्ड र आर्मीलाई हराउँदै पुलिस अन्तिम दुईमा पुगेको थियो । आज दिउँसो १२ः०० बजे आर्मी र डायमण्डबीच तेस्रो स्थानको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार र दोश्रो टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 8, 2024

हेटौंडालाई बागमती अन्तरपालिका भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – हेटौडा उप महागनरपालिकाले पहिलो बागमती अन्तरपालिका स्तरिय राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । प्रकाश दाहालको स्मृतिमा प्रज्ञा स्मृतिको आयोजना भएका प्रतियोगिताको बुधबार भएको फाइनल थाहा नगरपालिकाविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै हेटौडाले उपाधि जितेको हो । सुरुवाती दुई सेट गुमाएको हेटौडाले २१–२५, १७–२५, २५–१६, २५–१५ र १५–४ ले जितेको थियो । प्रतियोगितामा […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

May 8, 2024

सहाना प्रधान यु १९ भलिबल च्याम्पिनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद)- सहाना प्रधान प्रतिष्ठानको‌ आयोजनामा असारमा प्रथम सहाना प्रधान यु-१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ। नेपाल भलिबल संघको प्राविधिक र व्यवस्थापनमा‌ असार ९ गतेदेखि १५ गतेसम्म च्याम्पिनसिप हुने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो। प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुषबीच सहभागिता रहने बताइएको छ। भलिबल संघका‌ अध्यक्ष जीतेन्द्रबहादुर चन्दले प्रदेशलाई खेलाडी […]

Success

Thank you for your time.