2 years ago
May 8, 2024
हिमाल खरेल,बिर्तामोड
स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको जनाउँदै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लाई सफाइ पेश गर्न अर्को पत्र पठाएका छन् ।
स्पष्टीकरण सोधेको दोस्रो दिन मुख्यमन्त्री कार्कीले बस्नेतलाई सफाइ पेश गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएर पत्र लेखेका हुन् ।
बैशाख २५ गते मंगलबार मुख्यमन्त्री कार्कीले पत्राचार गर्दै बैशाख २३ गते सोधिएको स्पष्टीकरणको जवाफ विषयभन्दा फरक दिएको र सम्बन्धित विषयको जवाफ दिन अटेर गरेको जनाउँदै पत्राचार गरेका छन्
सामाजिक मन्त्री समेत रहेका मुख्यमन्त्री कार्कीले अघिल्लो स्पष्टीकरणको जवाफ विषयमा केन्द्रित भई खुलाउनुपर्नेमा जोड दिएका छन् ।
उनले सदस्यसचिव बस्नेतले सोधिएको विषय बेग्लै भएको भन्दै अटेर गरेको समेत आरोप लगाएका छन् ।
बस्नेतलाई विराटनगरस्थित उच्च अदालतले बैशाख १९ गते सदस्य सचिवमा पुनर्बहाली गरेको थियो ।
यसैबीच, गएको निर्वाचनमा प्रदेश सदस्य उम्मेदवार रहेको तथ्य खुल्ने कागजसमेत प्रदेश निर्वाचन कार्यालयबाट प्राप्त भएको जनाउँदै मुख्यमन्त्री कार्कीले निर्वाचनमा सरिक भएको उम्मेदवारले सो अवधिको राज्यकोषबाट तलब भत्ता पाउन नसक्ने व्यवस्था प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उल्लेख बर्खिलाप हुने प्रस्ट रहेको जनाएका छन् ।
उनले गरेको पत्राचारमा सोही ऐनअनुसार सदस्य सचिव पदबाट किन नहटाउने जनाउँदै बुधबार ३ बजेसम्म मनासिव सफाइ पेश गर्न जानकारी गराएको बताए ।

December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]