default_image

2 weeks ago

April 29, 2024

ओलम्पियनको पुनर्मिलन गराउँदै कोशी प्रदेश खेलकुद

381 views

0 Bookmark

हिमाल खरेल,बिर्तामेड

कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन्स रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटको तयारी पूरा भएको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजना तथा नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको बोर्डका सदस्यसचिव हंशराज वाग्लेले जानकारी दिए ।

वैशाख १९ गते मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट सुरु हुने कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर सम्पन्न हुनेछ ।

वाग्लेका अनुसार पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीलाई सहभागिता गराइनेछ । विदेशी ओलम्पियन पनि कार्यक्रममा सहभागी हुने बताइएको छ ।

बोर्डले खेलकुद पर्यटनलाई उजागर गर्नेगरी पहिलोपटक एकै ठाउँ धेरै खेलाडीलाई प्रदेशमा ल्याउन लागेको हो । उनीहरूलाई भित्र्याउँदा यहाँका खेलप्रेमीलाई समेत पुराना नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर हुने वाग्लेको भनाइ छ ।

चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्धनमा जोड मिल्नेगरी अघि बढाइनेछ तथा खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने सदस्यसचिव वाग्लेले बताए ।

‘यसपटक बोर्डले एकैपटक ओलम्पियन , प्रदेशका खेलाडी र विभिन्न राष्ट्रका ओलम्पियनलाई भित्र्याउने जमर्को गरेको हो’, वाग्लेले भने, ‘हाम्रा खेलाडीसँगै यहाँको पर्यटन र खेललाई प्रवर्धन गर्नका लागि अन्य राष्ट्रका ओलम्पियनको समेत सहभागिता रहनेछ । खेल पर्यटनबाट प्रदेशलाई समेत विश्वस्तरमा विस्तार गर्न मद्दत गर्ने बुझाइ बोर्डको रहेको छ ।’

कार्यक्रमबारे नेपाल ओलम्पियन्स एसोसिएसनका अध्यक्ष दिपक विष्टले राष्ट्रिय गहनालाई बोर्डले पुनर्मिलन गराउन लागेकोमा हर्षित भएको बताए । विष्टले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका खेलाडीलाई फेरि एकै स्थान उभ्याउन प्रयास गरिरहेको बोर्डको काम सराहनीय रहेको उल्लेख गरे ।

नेपालले सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पिन पुर्नमिलनमा सहभागी हुनेछन्।
पुनर्मिलन कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने छन् । कार्यक्रममा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताइएको छ।

ओलम्पियन्स पुर्नमिलनको पहिलो संस्करण दुई वर्षअघि काठमाडौं र दोस्रो संस्करण गत वर्ष पोखरामा आयोजना भएको थियो।

May 14, 2024

दसौं राष्ट्रिय खेलकुद नीति तथा कार्यक्रममा समावेश

काठमाडौं (हाम्रो खेलकुद)– सरकारले यो वर्ष दसौं राष्ट्रिय खेलकुद आयोजनालाई नीति तथा कार्यक्रममा समेटेको छ । राष्ट्रिय खेलकुद परिषदले डेढ वर्ष अघि नवौं राष्ट्रिय खेलकुद समापनका दौरानमा २०८१ मंसिर २ देखि ९ गते सम्म दसौं संस्करण आयोजना गर्ने घोषणा गरेको थियो । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा क्रिकेट मैदानलाई प्राथमिकतामा राखेको […]

May 14, 2024

टाइगर कप भलिबलमा १८ लाख भन्दा बढी बचत

पोखरा (हाम्रो खेलकुद)– गत वर्ष भएको चौथो टाइगर कप आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपबाट १८ लाख रुपैयाँ भन्दा बढी बचत भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आय–व्यय सार्वजनिक गर्दै १८ लाख ३७ हजार ४ सय ६४ रुपैयाँ बचत भएको जानकारी दिएको हो । गत माघ १ देखि ७ […]

May 14, 2024

ई स्पोर्ट्स च्याम्पियनसिप र एक्स्पो सुरु हुँदै

काठमाडौँ — चौंथो नेपाल ई–स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो २०२४ तयारी पूरा भएको छ । भृकुटीमण्डपस्थित एक्स्पो हलमा मंगलबारदेखि सुरु हुने च्याम्पियनसिप तथा एक्स्पो माइस इन्टरनेसनल सर्भिस प्रालि र नेपाल ई–स्पोर्ट्स एसोसिएसन (नेसा) ले संयुक्त रूपमा आयोजना गनै लागेको हुन् । वैशाख ४ गते सम्म हुने च्याम्पियनसिप तथा एक्स्पोका दौरान नेपाल स्पोर्ट्स कन्क्लेभ तथा स्पोर्ट्स फिटनेस […]

Success

Thank you for your time.