default_image

2 years ago

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

871 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो ।

नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले गोल गर्दै अग्रता दिलाएका थिए । ओली हारफिल्डको क्रसमा बक्स भित्रबाट सुन्दर हेडर प्रहार गर्दै उनले इङ्ल्यान्ड सि लागि अग्रता दिलाएका थिए ।

१३औं मिनेटमा नेपालले दोस्रो गोल को सामना गर्यो । कर्नर किक क्लियर गर्न नसक्दा क्यालाम स्टेडले गोल गर्दै टोलीको अन्तरलाई दोब्बर बनाएका थिए ।

पहिलो हाफमा राम्रो प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफमा भने नेपालले मौकाहरु सिर्जना गरेको थियो । सञ्जीव विष्टले दोस्रो हाफको सुरुवातमै पाएको मौका गोलमा परिणत गर्न सकेनन् ।

जिलेस्पी जंग कार्की गोल गर्नबाट दुई पटक चुके । उनले एक हेडर प्रयास क्रसबारमा लागेर फर्किएको थियो भने अर्को प्रहार पोस्टको निकै नजिकबाट बाहिरिएको थियो ।

इङ्ल्यान्डमा रहेका नेपाली समुदायमा फुटबलको प्रोफाइल उकास्न र दक्षिण एसियाली समुदायको सहभागिता बढाउन सहयोग पुर्याउने उद्देश्यले यो खेल आयोजना गरिएको हो । इङ्ल्यान्ड ‘सि’ टोलीमा इङ्ल्यान्डको पाँचौं डिभिजन नेसनल लिगका खेलाडीहरु रहेका थिए ।

नेपालले इङ्ल्यान्डमा यस अघि एक खेल खेलिसकेको थियो । एल्डरशट स्थित मिलिटरी स्टेडियममा शुक्रबार भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.