2 years ago
May 11, 2024
एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो ।
अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । गुजरातका लागि गिलले ५५ बलमा ९ चौका र ६ छक्का सहित १ सय ४ रन बनाए । सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्का सहित १ सय ३ रन जोडे । डेविड मिलरले १६ रन जोडे ।
चेन्नाईका तुशार देशपाण्डेले २ विकेट लिए ।
जवाफमा चेन्नाईले ८ विकेटको क्षतिमा १ सय ९६ रन मात्र बनाउन सक्यो । चेन्नाईका लागि ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाउँदा मोइन अलिले ५६ रन जोडे । महेन्द्र सिंह धोनीले २६ रन र शिवम दुबेले २१ रन बनाए ।
गुजरातका मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दिप वारियरले १-१ विकेट लिए ।
जित पछि गुजरात १२ खेलमा १० अंक सहित आठौ स्थानमा छ । चेन्नाई भने १२ खेलमा १२ अंकका साथ चौथो स्थानमा छ।
आइपिएलमा शनिबार कोलकत्ता नाईट राइडर्स र मुम्बई इंडियन्सबीच प्रतिस्पर्धा हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]