default_image

2 years ago

May 19, 2024

म्यानचेस्टर सिटी लगातार चौथो पटक प्रिमियर लिग च्याम्पियन

1747 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटी लगातार चौथो पटक इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा वेस्ट ह्याम माथि ३-१ को जित निकालेर आर्सनललाई पछि २ अंकले पार्दै सिटीले कीर्तिमानी लिग उपाधि जितेको हो ।

इंग्लिश फुटबल इतिहासमा कुनै पनि टिमले लगातार चार पटक लिग उपाधि जितेको यो पहिलो पटक हो । यसअघि हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड र सिटी सहित ५ टोलीले लगातार ३ पटक इंग्लिश शीर्ष डिभिजनको उपाधि उचालेका थिए । तर लगातार चार पटक एउटै टोलीले लिग उपाधि जितेको यो इतिहासमा पहिलो पटक हो ।

अन्तिम खेल अघि सिटी आर्सनलभन्दा सिटी २ अंकले अघि थियो । सिटीले लिग उपाधि गुमाउन जित बाहेकको नतिजा ल्याउँदै आर्सनलले आफ्नो खेल जित्नु पर्ने थियो । तर सिटी भने चुकेन । आर्सनललिए भने एभर्टन विरुद्ध २-१ को जित निकालेपनि उपाधिका लागि पर्याप्त भएन ।

खेलको दोस्रो मिनेटमा नै फोडेनले उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । बक्सको बाहिरबाट टप कर्नरमा शक्तिशाली प्रहार गर्दै फोडेनले सिटीलाई खेलमा अग्रता दिलाए ।

१८औं मिनेटमा फोडेनले सिटीको अग्रता दोब्बर बनाए । जेरेमी डोकुको क्रसमा बक्स भित्रबाट फिनिश गर्दै फोडेनले सिटीलाई दुई गोलले अगाडि पुर्याए ।

४२औं मिनेटमा वेस्ट ह्यामले एक गोल फर्कायो । मोहम्मद कुडुसले उत्कृष्ट बाइसाइकल गोल गर्दै खेलमा वेस्ट ह्यामलाई खेलमा फर्काएका थिए ।

तर ५९औं मिनेटमा सिटीले पुनः अग्रता लियो । रोड्रीले बक्स बाहिरबाट सुन्दर फिनिश सहित गोल गर्दै सिटीलाई पुनः दुई गोलले अघि गराए । खेल अन्त्यमा सोही नतिजामा सकियो ।

उता आर्सनल भने ४०औं मिनेटमा एभर्टन विरुद्ध पछि परेको थियो । इडरिसा गामा गेयले सोझै फ्रिकिक मार्फत गोल गर्दै आर्सनल विरुद्ध अग्रता दिलाएका थिए । तर त्यसको तीन मिनेट पश्चात आर्सनलका ताकेहिरो टोमियासुले बराबरी गोल गरेका थिए । खेलको ८९औं मिनेटमा काई हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाएपनि त्यो उपाधिका लागि पर्याप्त हुन सकेन ।

सिटीले ३८ खेलमा २८ जित, ७ बराबरी र ३ हारसहित ९१ अंक बटुल्यो । आर्सनलले भने ३८ खेलमा २८ जित, ५ बराबरी र ५ हार सहित ८९ अंकमा दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो ।

गत सिजन सिटीले उपाधि जित्दा आर्सनल ६ अंकले पछि पर्दै दोस्रो नै भएको थियो ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.