1 year ago
June 29, 2024
काठमाडौ (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका विश्वास अधिकारी र बागमती प्रदेशकी जेनिशा विश्वकर्मा प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
गण्डकीको सिनियर टोलीबाट पनि प्रतिनिधित्व गरिसकेका मिडल ब्लकर विश्वासले टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । उनले नै यस च्याम्पियनसिपको टोलीको कप्तानी सम्हालेका थिए ।
समूह चरणमा लुम्बिनीसँग सोझो सेटमा भोगेको हारमा बाहेक अन्य खेलमा उनको प्रदर्शन सानदार रहेको थियो । अझ फाइनलमा उनले सानदार प्रदर्शन गरेका थिए ।
यता, महिलामा सर्वोत्कृष्ट बनेकी जेनिशाले टोलीलाई अपराजित रहँदै च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिन् । ओपन स्पाइकर जेनिशा काठमाडौं नैकापमा रहेको न्यु डायमण्ड एकेडेमी (न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब) की उत्पादन हुन् । उनले सोही क्लबबाट करिव एक वर्षअघिबाट सिनियर टोलीमा खेल्दै आएकी छिन् ।
सर्वोत्कृष्ट बनेका उनीहरुले २५ हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । महिलामा बागमतीकी सलिना बुढामगर स्पाइकर, भावना तामाङ सेटर, लुम्बिनीकी निशा चौधरी ब्लकर, गण्डकीकी सोइङ थापा सर्भर र बागमतीकी एन्जिला प्रधान उत्कृष्ट लिवेरो चुनिएका छन् ।
पुरुषमा लुम्बिनीका सागर रसाइली स्पाइकर, लुम्बिनीकै दिपेश कुँवर सेटर, सुदुरका अर्जुन नेपाली ब्लकर, गण्डकीका सुर्य बिक सर्भर र गण्डकीका जित बहादुर सार्की उत्कृष्ट लिवेरो चुनिएका छन् । विधागत उत्कृष्टले १० हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छ ।
शनिबार भएको पुरुषतर्फको फाइनलमा गण्डकीले लुम्बिनीलाई ३–१ को सेटमा तथा महिलामा बागमतीले लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गरेर उपाधि जितेको छ । पुरुषमा सुदुरपश्चिम र महिलामा गण्डकी प्रदेश तेस्रो भएको छ ।
उपाधिसँगै गण्डकी र बागमतीले समान ३ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको लुम्बिनीले २ लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पुरुषमा तेस्रो भएको सुदुरपश्चिम र महिलामा तेस्रो भएको गण्डकीले समान १ लाख रुपैया र शिल्ड हात पारेको छ । सहाना प्रधान फाउन्डेसनको आयोजनामा ९ गतेबाट सुरु भएको प्रतियोगितामा पुरुष र महिला दुवैमा सातै प्रदेशको सहभागिता रहेको थियो ।
प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको
महिलातर्फ
सर्वाेत्कृष्ट – जेनिशा विश्वकर्मा (बागमती)
स्पाइकर – सलिना बुढामगर (बागमती)
सेटर – भावना तामाङ (बागमती)
सर्भर – सोइङ थापा (गण्डकी)
ब्लकर – निशा चौधरी (लुम्विनी)
लिवेरो – एन्जिला प्रधान (बागमती)
पुरुषतर्फ
सर्वाेत्कृष्ट – विश्वास अधिकारी (गण्डकी)
स्पाइकर – सागर रसाइली (लुम्बिनी)
सेटर – दिपेश कुँवर (लुम्बिनी)
सर्भर – सुर्य बिक (गण्डकी)
ब्लकर – अर्जुन नेपाली (सुदुरपश्चिम)
लिवेरो – जित बहादुर सार्की (गण्डकी)
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]